पूर्वी चीनमा रसायन चुहावटका कारण एक सय एकतिस बिरामी
[जिनान] चीन, १५ असार- उत्तरी चीनको सान्दोङ प्रान्तमा भएको डिकेटिन नामक रसायन चुहावट हुँदा कम्तिमा १३१ जना यसको असरबाट बिरामी परेका चिनियाँ अधिकारीले बताएका छन् ।
सियानजियान गाउँमा बैचन बायोटेक्नोलोजी कम्पनीबाट ३० किलोग्राम डिकेटिन रसायन चुहिएपछि यसबाट वरपरका मानिसमा परेको असरका कारण बिरामी परेका सबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको पनि प्राप्त समाचारमा उल्लेख छ ।
रसायन चुहावट हुनुमा कम्पनीको लापरवाही देखिएको भन्दै यहाँको वातावरण विभागले उक्त रसायन प्लान्टलाई बन्द गर्न भनेको छ । – रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



