नक्कली आरोपमा पक्राउ परेका डाक्टरको रिट खारेज, पाँच दिन म्याद थप

काठमाण्डौ, १३ असार – देशका विभिन्न स्थानबाट गैरकानूनी रुपमा पक्राउ गरेर थुनेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरुले सर्वोच्चमा दायर गरेको रिट आज खारेज भएको छ ।

पक्राउ परेका चिकित्सकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ ।   जिल्ला अदालत काठमाडौंले हिरासतमा राखी अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको छ ।

सुशीला कार्की र न्यायाधीश गोविन्द उपाध्यायको संयुक्त इजलासले रिट खारेज गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका १० जनाले आफूलाई गैरकानूनी रुपमा पक्राउ गरेर हिरासतमा राखेको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

रिटको पक्षमा अधिवक्ताहरु शम्भू थापा, हरिहर दाहाल, बद्री कार्की लगायतले बहश गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नक्कली आरोपमा पक्राउ परेका डाक्टरको रिट खारेज, पाँच दिन म्याद थप

  1. have they done crime like harm to society or people on street if they are out?they can influence investigation?what kind of judgement is this?even they worked after they were given liecense from authority,why not any action against them who gve them liecense without proper cheking?

Leave a Reply to meccah Cancel reply

Your email address will not be published. Required fields are marked *