विद्युत् बन्द हुँदा अस्पतालमा सेवा प्रभावित, २ हजार बालबालिका खोप पाउन बाट बञ्चित
बझाङ, १३ असार – झण्डै डेड हप्तादेखि विद्युत् नहुदा जिल्ला अस्पताल बझाङमा रहेको बीस लाख मूल्य बराबरको खोप विग्रेको छ भने दुई हजार बालबालिका खोप पाउनबाट बन्चित हुने भएका छन् ।
ठूलो परिमाणमा रहेका भ्याक्सिनलाई चिसो बनाइ राख्न फ्रिज सञ्चालन गर्न जिल्ला अस्पतालमा भएको जेनेरेटरले नधान्ने भएकोले यो समस्या आएको हो ।
न्यूनतम तापक्रममा राख्नु पर्ने धेरै जसो भ्याक्सिनहरू विग्रीसकेको छ’ जिल्ला अस्पतालका प्रमुख डाक्टर विण्णु खतिवडाले भने ‘यो महिना हामीले खोप सेवा नै बन्द गर्नु पर्ने भएको छ’ दुई महिनालाई पुग्ने विसीजी, डिपिटी, पोलीयो र दादुराको भ्याक्सिनहरू पूर्ण रुपमा विग्रिसकेको समेत उनले बताए । उनले ‘यो महिना दुई हजार बालबालिका खोप लगाउनबाट बञ्चित हुने छन । ’ विद्युत् आपूर्ति नहुँदा जिल्ला अस्पतालमा मौज्दात रहेका करिब २० लाख मुल्य बरावरको भ्याक्सिन विग्रेको समेत जानकारी दिए । गम्भिर प्रकृतिका विमारीको उपचारमा समस्या भएको छ ।
सदरमुकाम लगायत आसपासका गाविसलाई विद्युत् उपलब्ध गराइरहेको सुर्मादेवी विद्युत् प्रा।लीको संरचनाको पुननिर्माणको काम सुरु भए पछि विद्युत सेवा बन्द गरिएको थियो । बैकल्पिक व्यवस्थाका रुपमा जिल्ला अस्पताल लगायतका सरकारी कार्यालयहरूलाई विजुली उपलब्ध गराउनका लागी दुई वटा ठूलो क्षमताका जेनेरेटरहरू सन्चालनमा ल्याइएको थियो । तर विद्युतको पुनः निमार्णको काम सकिएकोले विद्युत गृहबाटै लाइन दिने भनेर जिल्ला अस्पतालमा विद्युत आपूर्ती गदै आएको जेनेरेटर हटाए पछि हप्ता दिन देखि यो समस्या आएको हो ।
विद्युत् सुचारु गरिदिन सुर्मादेवी विद्युत् प्राली र जिल्ला प्रशाशन कार्यलयमा समेत पटक पटक सम्पर्क गरिसकेको भए पनि कुनै चासो नदेखाउँदा समस्या थपिएको डाक्टर खतिवडाले बताए । अत्यावश्यक सेवाको क्षेत्रमा यो हदसम्मको लापरबाही गर्नु गम्भिर गल्ती भएको सेवाग्रहीहरूले बताएका छन् ।
बिद्युत् अभाबले जिल्ला अस्पतालको भिडियो एक्सरे, एक्सरे, नेबुलाइजेसन सेवा समेत बन्द भएको छ । ‘दैनिक २० जनाको हारारीमा अक्सिजन र बाफ दिनु पर्ने विरामी आउँछन’ डाक्टर खतिवडाले भने ‘विद्युत नहुँदा उनिहरूको उपचारमा पनि समस्या भएको छ’
विद्युत् नभए पछि जिल्ला अस्पतालमा सस्तोमा उपचार पाउने विरामीले पनि महंगो शुल्क तिरेर निजी अस्पताल धाउनु परिरहेको छ ।
यता सुर्मादेवी विद्युत् प्रालीले भने चार दिनदेखि मात्रै अस्पतालको लाइन काटिएका्े र विद्युत गृहबाट परिक्षण गर्ने क्रममा पटक पटक उपकरणहरू विग्रने गरेकोले विद्युत् उपलब्ध गराउन नसकेको जनाएको छ ।
गोरखापत्रबाट
सम्पर्क इमेल : [email protected]