म्याद गुज्रेको औषधि विक्री गरेको आरोपमा १५ जना पक्राउ

Hatkadiललितपुर, २९ जेठ – म्याद गुज्रेको औषधि बिक्री गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले फार्मेसी सञ्चालक सहित १५ जनालाई पक्राउ गरेको छ ।

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालको हातामा रहेको एनसीएच औषधिपसलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा औषधि पसलमा रहेका २७ वर्षीय मेखबहादुर राय, ३८ वर्षीय नकुल कार्कीसमेतका १५ जना छन् । सो औषधि पसल रुपेश भण्डारी, कनैयालाल श्रेष्ठ, बिजयकुमार खड्का र सुरेश कुमार टेवासमेतले संचालन गरेको बताइएको छ ।

औषधि पसलमा म्याग गुज्रेका औषधि विक्री भइरहेको उजुरीको आधारमा प्रहरीले औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
ललितपुरका प्रहरी प्रमुख पिताम्वर अधिकारीले नियन्त्रणमा लिएकाहरुमाथि अनुसन्धान भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *