वीर अस्पताललाई २५ सय शय्याको बनाइने

bir
बनाइने योजनामा रहेको बीरको नौ तले भवन

काठमाडौँ, २४ जेठ – चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पताल दश वर्षभित्र दुई हजार पाँच सय शय्याको बन्ने भएको छ ।

अहिले अस्पताल रहेको क्षेत्रमा एक हजार तीन सय शय्यासहितको सुविधासम्पन्न वीर केन्द्रीय सिटी अस्पताल र दुई सय शय्याको अत्याधुनिक ट्रमा सेन्टर गरी एक हजार पाँच सय शय्या पुर्‍याउने तयारी सरकारको छ ।

पाँच सय रोपनी जग्गामा थप एक हजार शय्या थपेर अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउने घोषणा सरकारले बजेटमार्फत गरिसकेको छ ।

पुरातत्त्व विभागको अवरोध

नौतले नयाँ भवन यसैबर्षदेखि बनाउन शुरु गर्ने सरकारको योजना छ । तर, पुराना संरचनामध्ये एउटा भवन ऐतिहासिक महत्वको रहेको भन्दै पुरातत्त्व विभागले भत्काउन दिएको छैन ।

वीर अस्पतालको आकस्मिक कक्षअगाडिको हरियो झ्याल भएको भवन राणाकालमा बनेको ऐतिहासिक भवन भएको भन्दै विभागले भत्काउन मानेको छैन । ऐतिहासिक भवन भत्काउन विभागको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्छ । सिफारिस नपाँउदा  भत्काउन ढिलाइ भएको हो।

त्यही ठाउँमा नयाँ भवन

नौ तल भवन तयार भइसकेपछि बीर अस्पतालको हालको मुख्य भवन भत्काएर ६ ५० सैयाको अत्याधुनिक अस्पताल निर्माण गर्ने योजना न्याम्सको छ । २३ रोपनी क्षेत्रफलमा बन्ने सो भवन कति तलाको हुने भन्ने यकिन भइसकेको छैन ।

नौतले भवनमा नर्सिङ

कलेज वीर अस्पताल अगाडिको न्याम्सअन्तर्गतको नर्सिङ क्याम्पस र चिकित्सक, कर्मचारी बस्दै आएको आवासीय भवन भत्काएर सोही स्थानमा अन्डरग्राउन्डसहित भवन बनाउने तयारी भएको छ । १७ रोपनी पाँच आना क्षेत्रफलमा बन्ने सो भवनमा ६ सय ५० बेडको अत्याधुनिक सुविधासम्पन्न अस्पताल हुनेछ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राडा. गणेश गुरुङले बताए । ‘यसै वर्ष त्यहाँका भवन भत्काएर काम सुरु हुन्छ,’ उनले भने, ‘काम सुरु गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ ।’ भवन निर्माण गर्न यस वर्ष सात करोड रुपैयाँ छुट्याइएको छ । अन्डरग्राउन्डको पहिलो तलामा अस्पताललाई चाहिने ठूला इक्युप्मेन्ट र क्यान्सर विभाग रहनेछ । न्याम्सले तयार पारेको योजनाअनुसार अन्डरग्राउन्डको दोस्रो तलामा पूरै पार्किङ हुनेछ । भुइँ तलामा रेडियोलोजी विभाग, पहिलो तलामा शल्यक्रिया कक्ष, दोस्रो तलामा आइसियू र पोस्ट अपरेटिभ वार्ड रहनेछ । भवनको तेस्रोदेखि छैटौँ तलासम्म विभिन्न वार्डका शय्या रहनेछन् ।

हजार बेडको अत्याधुनिक अस्पताल

वीरलाई हजार शय्याको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन विस्तृत अध्ययन हुँदै छ । दश अर्ब लागतमा पाँच सय रोपनीमा फैलिने अस्पतालसँगै न्याम्सको मुख्यालय, नर्सिङ क्याम्पसलगायत शैक्षिक कार्यक्रम सञ्चालन हुने उपकुलपति प्रा।डा। गणेश गुरुङले बताए । ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ ।

भारत र चीन दुवैको चासो

सरकारले मेघा प्रोजेक्टका रूपमा लिएको वीर अस्पताललाई अत्याधुनिक बनाउने योजनामा सघाउन चीन र भारत दुवै देशले चासो देखाएका छन् । ‘दुवै देशबाट प्रस्ताव आउँदा कसको प्रस्ताव स्वीकार गर्ने भन्ने अप्ठ्यारो भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

  • आजको नयाँ पत्रिका दैनिकमा भिषा काफ्लेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “वीर अस्पताललाई २५ सय शय्याको बनाइने

  1. Preserve archaeological important sites. There are lots of such preserved sites. Maintain and preserve your history. Nepal is seismic effected zone so when the earth shakes your body mind and heart starts to shake. so do not established more than 3 or 4 storied building in Kathmandu.

    Do not construct the structures like trauma center. Do not count the beds count the services. Give the job to the doctors. More than 100 doctors in Bir hospital works less than 3 hours a day. Improve the quality but not the quantity.

    There are more than 2 dozens of orthopaedic doctors in trauma center even though patient can not get operation date in time. Improve such situation first.

Leave a Reply

Your email address will not be published. Required fields are marked *