दर्ता बिनाका प्याथोलोजी ल्याव सञ्चालन गर्ने १२ जना पक्राउ

Hatkadi

चितवन १७ जेठ – प्रहरीले भरतपुरस्थित क्यान्सर हस्पिटल अगाडी दर्ता बिनाका प्याथोलोजी ल्याव सञ्चालन गर्दै आएका १२ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

सोमबार ( आज) अपरान्ह जिल्ला प्रशासनको नेतृत्वमा जनस्वास्थ्यका अधिकारीहरुसंगै आएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हंस डेन्टल क्लिनिकका संचालक डा. दिनेश पाण्डे, रक्षा डायग्नोसिसका मुकेश महतो, तीर फार्मेसीका संचालक रामचन्द्र पौडेल, न्यू सेवा प्याथोलोजीका संचालक पुष्षा चौधरी रहेका छन् ।

त्यसैगरी  सुस्वास्थ्य मेडिकल हलका संचालक कृष्णप्रसाद खनाल, नमस्ते प्याथोलोजीका कमल सापकोटा, कोहीनुर प्याथोलिजीका कमल शर्मा र कर्मचारी सुमन सुवेदी पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा  एसआरएल डाइग्नोसिस सेन्टरका कर्मचारी शोभा नेपाली, सगरमाथा डाइग्नोसिस सेन्टरका कर्मचारी रन्जना यादव, नमूना प्याथोलिजका संचालक प्रदिप थारु र एनआरएलका कर्मचारी प्रदिप महतो रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलयमा दर्ता भई अनुमति लिनुपर्नेमा ती ल्यावहरु विनादर्ता सञ्चालन भएको जनस्वास्थ्य कार्यालयका कर्मचारीले बताए ।क्यान्सर अस्पताल बाहिर संचालित ल्याव प्याथोलोजीले अस्पतालका चिकित्सक र प्राविधिकहरुसंग मिली बढी रकम लिएर जाँच गर्ने गरेको प्रहरीको आरोप छ । पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिए ।

चितवन प्रहरीले क्यान्सर अस्पतालमा आएका विरामीलाई झुक्याएर निजी हस्पिटल तथा क्लिनिकमा लैजाने केही विचौलीयालाई यसअघि नै पक्राउ गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *