ड्रगको लत छुटाउने ‘इम्प्लान्ट’

drug

एजेन्सी – अमेरिकाको फुड एण्ड ड्रग एड्मिनीस्ट्रेड (एफ.डी.ए)ले बिहीवार हेरोइन र पेनकिलरको लत कम गर्न सक्ने इम्प्लान्ट प्रयोग गर्न सकिने अनुमति दिएको छ ।

एफ.डि.ए. प्रमुख डा. रोबर्ट एम कालिफ भन्छन् ‘अमेरिकामा ड्रगको लतबाट मानिसलाई मुक्ति दिलाउन उपचार पद्धतिको बिकल्पको बारेमा सोच्न जरुरी भइसकेको छ । आजको इम्प्लान्ट प्रयोग अनुमति यसैको उपज हो र यसले लतमा फसेकालाई सहयोग गर्नेछ भन्नेमा म बिश्वस्त छु ।’

यो प्रक्रियामा प्रोबुफिन नामक इम्प्लान्ट लतमा फसेको ब्यक्तिको पाखुरामा लगाइन्छ । यसले ६ महिनासम्म लत कम गर्ने औषधि बुप्रेनोर्फिन रगतमा पठाइराख्छ । फलस्वरुप लतमा फसेकालाई ड्रग लिन मन लाग्न दिदैन अथवा शरीरले त्यो ड्रग आवश्यक मान्दैन ।

सन् २०१० मा ‘जर्नल अफ अमेरिकन मेडिकल एसोसियसन’ मा प्रकाशित एक अध्ययनले पनि यो इम्प्लाइन्टको सफल दर र प्रभावकारिता राम्रो रहेको देखाएको थियो ।

यो इम्प्लान्ट लगाउन १५ मिनेट मात्रै लाग्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *