हत्तेरिका ! के बानी होला ‘घरको भित्ता खोस्रदै माटो सिमेन्ट खाँदै’

mato1

एजेन्सी – प्राय गर्भवती अवस्थाका महिलाहरुले अमिलो पिरो तथा गुलिया चकलेटहरु खान मन पराउछन् । तर एक गर्भवती महिलाले भने ती खाद्यबस्तुको विपरित इट्टा सिमेन्ट तथा माटो खाने गरेकी थिइन् ।

लिभरपुलकी महिला जेनीम्यासोले गर्भवती भए देखिनै इट्टा सिमेन्ट तथा माटो खाने गरेकी थिइन् । उनले आफूलाई भित्रै देखिनै माटो खान मन लागेको भन्दै घरका भित्ताबाट टुक्राटुक्री उक्काएर त्यसलाई खान थालिन् ।mato3

माटो खाएको कुरा उनले परिबारको नजिकका सदस्यलाई पनि भन्न सकिनन् । उनले आफ्ना पतिलाई पनि सुनाइनन् । जब पति कोनोरले घरको भित्ताबाट इट्टाहरु खस्न लागेको देखे त्यसपछि पुननिर्माणको लागि घरधनीसंग कुरा गर्न चाहे तब मात्रै जेनिले आफ्नो अचम्मको बानी पतिलाई सुनाइन् । त्यसपछि स्वास्थ्य परीक्षण गराउँदा जेनलाई ‘पिका’ नामक समस्या भएको पत्ता लाग्यो । ‘पिका’ एक त्यस्तो स्वास्थ्य समस्या हो जसमा मानिसहरुलाई अखाद्य चिज खान मन पर्छ ।

३० वर्षिय जेनी भन्छिन् , ‘म चक्कुको प्रयोग गरी इट्टाका धूलोहरु निकालेर खाने गर्थे केही दिनसम्म सन्तुष्टि हुन्थ्यो र केही दिनपछि फेरी खान मन लाग्थ्यो ।’

mato2

पहिलो पटक सन् २०१२ को मार्चमा उनका छोरा राइलकोनोर पेटमा हुँदा उनलाई इट्टाखाने मन भयो । टेलिभिजनमा निर्माणका कार्यक्रमहरु हेर्दा चाहना अझै बढ्यो र केहीदिनमै उनले आफूलाई इट्टाको धूलो खाइरहेको अवस्थामा पाइन् । पति स्टेफेन नभएको मौका पारेर तथा रातिको समयमा उनी लुकेर इट्टाको धूलो खाने गर्थिन् । त्यसैैगरी बाहिर घुम्न गएको बाहना बनाई माटो खाने गर्थिन् ।

यही क्रममा उनको दाँतमा समस्या भयो र पतिले उनलाई डेन्टिस्टकोमा लगे र डेन्टिस्टले उनलाई अर्को डाक्टरकोमा सिफारिस गरे । र त्यसको एक महिनापछि जेनिलाई ‘पिका’ भएको पत्ता लाग्यो । जेनिलाई इट्टा माटो बालुवा खाने मन उनको छोरा जन्मेको ३ महिनासम्म भयो र एक दिन बिहान अकस्मात उनमा यो चाहना मरेर गएको आभास भयो र अन्तत उनको यो समस्या हराएर गयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *