चिनिया किशोर किशोरीमा मोटोपनको समस्या

chinase youth

बेइजिङ (२७ बैशाख) – चीनमा पछिल्लो समय ग्रामिण किशोर किशोरी मोटोपनको सिकार भएका छन् । सन् २०१५ मा १७ वर्ष मुनिका १७ प्रतिशत किशोर र ९ प्रतिशत किशोरी मोटोपनको सिकार भएका हुन् ।

चीनमा सामाजिक, आर्थिक परिवर्तन तथा  पोषणमा आएको सुधारले मोटोपनमा बृद्धि भएको अध्ययनले जनाएको छ । परम्परागत चिनियाँ समाज उच्च मात्रामा चिल्लो खानेकुरा खाने आदतमा पल्केकोले त्यसको प्रभाव किशोरपुस्तामा देखिएको बताइएको छ ।

अध्ययनअनुसार बढी तौल भएका किशोरको प्रतिशत ०.७ बाट १६.४ पुगेको छ । त्यस्तै किशोरीको संख्या १.५ बाट १४ प्रतिशत पुगेको छ । चिनियाँ समाजमा छोरीभन्दा छोरालाई बढी माया ममता दिइन कारण किशोरहरु तुलनात्मक रुपमा मोटोपनको सिकार भएको अध्ययनको निष्कर्ष छ ।

२९ वर्ष लगाएर साङदोङ प्रान्तका २८ हजार बिद्यार्थीमाझ गरिएको अध्ययनले बडी मास इनडेक्स (बिएमआई) को सीमालाई मापदण्ड बनाएको थियो ।

‘यो मापदण्ड बिश्व स्वास्थ्य संगठनको भन्दा पनि कठोर मापदण्ड हो । बालबालिका र युवायुवतीम मोटोपन बिस्फोटक मात्रामा बृद्धि भएको रहेछ । यस्तो मोटोपन मैले कतै पनि देखेको थिइन,’ यूरोपेली सोसाइटी अफ कार्डियोलोजीका जोएप पर्कले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *