सुर्तीमा भारी कर बृद्धिगर्दै अस्ट्रेलिया

सिड्नी – अस्ट्रेलिया सरकारले  सूर्तीजन्य पदार्थमा सन् २०१७ देखि १२.५ प्रतिशतका दरले करमा बृद्धि गर्ने तयारी गरेको छ । मंगलबार सिड्नी मर्निङ हेराल्डले सार्वजनिक गरेको प्रतिवेदनले उक्त जानकारी दिएको हो ।

plain-cigarette-packages

यो दरले गरिने कर बृद्धिले सन् २०२० सम्ममा एक प्याकेट चुरोटको मूल्य  ४० अमेरिकी पर्ने बताइएको छ ।

अस्ट्रेलिया सरकारले सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न तथा राजस्व सङ्कलनलाई वृद्धि गरी राष्ट्रिय बजेटमा विशेष योगदान पु¥याउन यस्तो योजना अघि सारेको जनाएको छ ।

चुरोटमा लगाइने अन्तशुल्कवापत अस्ट्रेलियाले सन् २०२० सम्म ३।९ अर्ब अस्ट्रेलियाली डलर थप जम्मा गर्ने अस्ट्रेलियाका वित्तमन्त्री स्कट म्यारिसनले संसद बैठकमा बताए ।

त्यसो त अस्ट्रेलिया सरकारले यसअघि नै चुरोटको प्याकेटमा प्लेन प्याकेज लागू गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *