स्वास्थ्य एवम् वातावरण विषयको प्रत्याभूति विना व्यापार सम्झौता असम्भव : फ्रान्स

manuel-vallsपेरिस – फ्रान्सले स्वास्थ्य र वातावरण विषय सम्बन्धमा सबैले स्तर निर्धारण गर्ने प्रत्याभूति नगराउँदासम्म ट्रान्सएटलान्टिक व्यापार सम्झौता हुन नसक्ने बताएको छ ।

फ्रान्सका प्रधानमन्त्री म्यानुयल भल्जले मङ्गलबार पेरिसमा भइरहेको वातावरण सम्बन्धी सम्मेलनमा बोल्नु हुँदै ट्रान्स एटलान्टिक व्यापार सम्झौता गरिनुपूर्व स्वास्थ्य र वातावरणसम्बन्धी विषयको प्रत्याभूति गराइनुपर्ने बताएका हुन् ।

उनले यस सन्दर्भमा फ्रान्सेली स्तर कायम नहुँदासम्म सम्झौता गर्न फ्रान्स तयार नभएको बताए ।

“म स्पष्ट गर्न चाहन्छु कि फ्रान्सले आफ्ना नागरिकलाई प्रत्याभूत गरेको स्वास्थ्य र वातावरणीय विषयमा सम्झौतामा हस्ताक्षरकर्ता मुलुकले सुनिश्चित नगर्दासम्म सम्झौताको विषयले सफलता पाउन सम्भावना छैन ।” रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *