अध्ययन् भन्छ, ‘अविवाहितको तुलनामा विवाहित क्यान्सरका विरामी बढी बाँच्दछन्’

cancerएजेन्सी – अमेरिकामा गरिएको एक अध्ययनले विवाहित क्यान्सरका विरामीहरुको बाच्ने सम्भावना अविवाहित क्यान्सरका विरामी भन्दा बढी भएको देखाएको छ ।

क्यान्सर प्रिभेन्सन सेन्टर क्यालिफोर्निया र युनिभर्सिटी अफ क्यालिफोर्निया स्यानडियागो का अनुसन्धानकर्ताहरुले सन २००० देखी सन २००९ सम्ममा क्यान्सर भेटिएका करीब ८ लाख क्यान्सर विरामीहरुमा सो अध्ययन गरेका थिए ।

‘क्यान्सर’ नामक जर्नलमा प्रकाशित सो अनुसन्धानले अविवाहित क्यान्सर विरामीको मृत्युदर विबाहित क्यान्सर विरामीको भन्दा बढी देखाएको हो ।

विवाहित पुरुष क्यान्सर विरामीभन्दा अविवाहित पुरुष क्यान्सर विरामीको मृत्युको संख्या २७ प्रतिशत बढी पाइयो भने महिलामा अविवाहित क्यान्सर विरामीको मृत्यु १९ प्रतिशत बढी भेटियो ।

अध्ययनका प्रमुख क्यान्सर प्रिभेन्सन इन्स्टीच्युट अफ क्इालीफोर्नियाका इस्कालेर्ट लिन गोमेजका अनुसार क्यान्सरका विरामीलाई बढी साथ र प्रोत्साहन चाहिने भएकोले विवाहितहरु केही बढी बाच्ने बताए ।

उनी भन्छन्, ‘हाम्रो अध्ययनले सामाजिक तथा पारिबारिक साथ क्यान्सरको प्रभाव कम गर्ने एक तरिका हो भन्ने देखाएको छ । विवाहित विरामीले यस्तो साथ बढी पाउने हुँनाले यस्तो नतिजा देखिएको हो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *