भूकम्पले ध्वस्त बाह्रबिसेमा बन्ने भयो अत्याधुनिक प्राथमिक स्वास्थ्य केन्द्र

barabise psc

सिन्धुपाल्चोक – अघिल्लो बर्ष बैशाखमा गएको शक्तिशालि भूकम्पबाट ध्वस्त भएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र भवन अत्याधुनिक बन्ने भएको छ । अमेरिकी सहयोग नियोग युएसएआईडीले  १९ लाख अमेरिकी डरल (१९ करोड बढी रुपैयाँ ) सो भवन बनाइदिन लागेको हो ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठका अनुसार तीन तले सो भवन अवको तीन महिना पछि निर्माण सुरु भई १५ महिना भित्र निर्माण सम्पन्न भइसक्ने छ । अहिले सो ठाँउमा प्रि फेब्रीकेटेड सामग्री प्रयोग गरि अस्थायी रुपमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ ।

‘युएस आर्मी क्रस अफ इन्जिनियरिङ’ मोडलमा बनाइने सो भवन तीन तले हुनेछ र भवन पूर्ण रुपमा अपांगमैत्री हुनेछ । तीन तलासम्म अपांगहरु सहजरुपमा आउजाउ गर्न सक्ने मोडलको हुनेछ । सो भवनमा १० सैया सञ्चालनमा आउने छ ।

यसैबीच सोमबार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री रामजनम चौधरी , स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लीज लगायतको टोली बाह्रविसे पुगि नयाँ भवनको संयुक्तरुपमा सिलान्यास गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *