चितवनमा बन्ने भयो मुलुकै पहिलो बन्यजन्तु अस्पताल

Souraha-gaida

काठमाडौं – वन्यजन्तुको उपचार र उद्धारका लागि चितवनको आँपटारीमा वन्यजन्तु अस्पताल निर्माण हुने भएको छ ।

घाइते, टुहुरा, अपाङ्ग तथा समस्याग्रस्त वन्यजन्तुको उपचार र व्यवस्थापन गर्ने उदेश्यले दियालो बंगलासँगै जोडिएको क्षेत्रमा वन्यजन्तु अस्पताल बनाउने तयारी गरिएको आजको नेपाल समाचारपत्रमा समाचार छ ।  यस्तो अस्पताल मुलुककै पहिलो हुनेछ ।

चितवन मेडिकल कलेजले भवनसमेत निर्माण गरेर हाल प्रयोगविहीन अवस्थामा रहेको संरचनालाई अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी गरिएको हो । विगत ३ वर्षदेखि त्यहाँका साना ठूला २१ वटा भवन प्रयोगमा नआएको वन कार्यालय चितवनले जनाएको छ ।

कलेजले मन्त्रिपरिषदको स्वीकृति लिएर करिब एक दशक प्रयोग गरेको संरचनाले कानुनी मान्यता नपाएपछि प्रयोगविहीन छ ।  अस्पतालका लागि प्रस्ताव गरिएको जग्गा र त्यहाँ निर्माण भएको भवन हाल जिल्ला वन कार्यालयकै स्वामित्वमा छ ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्ष विभागको अगुवाइमा स्थापना हुने अस्पताल चितवन राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोषले संयुक्त रुपमा सञ्चालन गर्ने छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *