झाडापखला नियन्त्रणमा लिन आयोगको ध्यानाकर्षण

manab adhikar

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोटको विभिन्न गाविसमा देखिएको झाडापखालाले महामारीको रुप लिन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

उसले झाडापखालाबाट एसएलसी दिने विद्यार्थी, केन्द्राध्यक्ष तथा निरीक्षक समेत विरामी परेको भन्दै उनीहरुको उचित उपचार गर्न सरकारलाई अनुरोध गरेको छ ।

गत आइतबारबाट देखिएको झाडा पखालाबाट दसेरा गाविसमा मात्र ४० भन्दा बढी विरामी परेको र अधिकांश एसएलसी दिन आएको विद्यार्थी रहेको जनाइएको छ ।

आयोगले बुधबार प्रेसविज्ञप्ती जारी गर्दै झाडाबान्दा सम्वन्धी समाचारले आयोगको ध्यानाकर्षण भएको भन्दै तत्काल यसलाई गम्भीरतापूर्वक लिइ नियन्त्रणको प्रयासमा लाग्न समेत सरकारलाई अनुरोध गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्धारा जारी विज्ञप्तीमा बिरामीको तत्काल उपचार सुरु गर्न तथा सङ्ख्या थप बढ्न नदिन स्वास्थ्यकर्मीको टोली यथाशीघ्र प्रकोप स्थलमा खटाउन एवम् एसएलसी परीक्षा दिइरहेका विद्यार्थीको स्वास्थ्यप्रति विशेष ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।

गतवर्ष सोही क्षेत्रमा एसएलसी परीक्षाको समयमा फैलिएको स्वाइनफ्लुले महामारीको रुप लिएका कारण दर्जनौको ज्यान गएको भन्दै विज्ञप्तीमा  समयमै त्यसतर्फ सरकारको ध्यान जान जरुरी भएको उल्लेख छ ।

यस्तै, सरकारले भूकम्प प्रभावितलाई दोलखा जिल्लाको सिंगटीबाट अनुदान दिन सुरु गरेको बुझिए पनि यससम्बन्धी कार्य विधिगत त्रुटीलगायत विभिन्न कारणले भूकम्प प्रभावितले अनुदान प्राप्त गर्न कठिनाइ भएको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको पनि जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *