मेरिटलिष्टमा नपरि भर्ना भएका एमडी/एमएसका विद्यार्थीले विशेषज्ञ लाइसेन्स नपाउने(पत्रसहित)

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा अन्तरगतको स्नातकोत्तर  (एमडी/एमएस)  तहको भर्ना आफूले तोकेको सिट र मेरिटलिष्टको आधारमा अघि बढाउन मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

उसले सो आधारको वेवास्ता गर्दैै भर्ना भएका विद्यार्थीलाई पछी विशेषज्ञ लाइसेन्स समेत उपलव्ध गराउन नसकिने स्पष्ट पारेको छ ।

मंगलबार सूचना जारी गर्दै काउन्सिलले मेरिट लिष्टको आधारलाई लत्याएर डाकबढाबढमा भर्ना लिने गरेको गुनासो आएको भन्दै त्यसरी भर्ना गरेको भए तत्काल रद्ध कलेजहरुलाई निर्देशन दिएको छ ।

उसले सीट समेत निर्धारण नभईसकेको भन्दै पछि समस्या परे कलेज विद्यार्थी र अभिभावक नै त्यसको जिम्मेबार हुनुपर्ने स्पष्ट पारेको छ ।

काउन्सिलले सिटको अन्तिम टुंगो भएको निर्णय सार्वजनिक गरिसकेको छैन् । तर कतिपय कलेजहरुले आफूखुशी सिटसंख्या निर्धारण गरि बढी पैसा दिने विद्यार्थीलाई भर्ना लिने गरेका छन् ।
1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *