फेरी सेलायो सुर्तीको अनुगमन

फाइल फोटो : भाटभटेनी अनुगमन
फाइल फोटो : भाटभटेनी अनुगमन

काठमाडौँ – एक महिना अघि आक्रामक रुपमा सुर्तीजन्य पदार्थको अनुगमनमा निस्किएको सरकारी निकाय फेरी सुस्ताएको छ । यसले कानूनको अटेरी गर्दै आएका नेपाली सुर्ती उद्योगीहरुर्ला भने ठूलो राहत भएको छ ।

काठमाडौँको अनुगमन गर्दै आएको जिल्ला जनस्वास्थ्यका सम्पर्क व्यक्ति ध्रुब अधिकारी अन्य काममा व्यस्त भएका कारण अनुगमन स्थगित गरेको बताउछन् । उनले बैशाख पछि फेरी पहिलेजस्तै अनुगमनलाई निरन्तरता दिने बताउछन् । ‘पछिल्लो एक महिना देखी हामी अनुगमनमा गएका छैनौँ , अरु काममा व्यस्त भइयो अब नयाँ साल लागेपछि अनुगमनमा निस्कने योजना बनाउदै छौँ ‘ उनले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख रामकृष्ण सुवेदीले पनि अनुगमन सुस्ताएको स्वीकार गरे । उनले केहीदिन पछि नै अनुगमनले तिब्रता पाउने दावी गरे । ‘अघिल्लो महिनाको जस्तो अनुगमन भएको छैन । केही सेलाएको छ । तर हामी प्रतिवद्ध छौँ । अगनुमन गरी मापदण्ड विपरितका सुर्तीजन्य पदार्थ जफत गरी उद्योगी तथा व्यापारीलाई कारबाहीको दाहेरामा ल्याउछौँ ।’

सुर्ती नियन्त्रण अभियानमा आक्रामक रुपमा प्रस्तुत भएको महानगरीय प्रहरी परिषरका प्रमुख एसएसपी बिक्रमसिंह थापा भने अनुगमन जारी रहेको बताउछन् । ‘ अहिले एसएलसी सुरु भएको छ । त्यसले गर्दा केही ओझेल परेको हो । तर यो विषयलाई छाड्ने पक्षमा छैनौँ’ नेपालीहेल्थसंग उनले भने, ‘अबको अनुगमन अघिल्लो महिनामा गरिएको भन्दा कडा हुनेछ ।’

गत फागुनको दोस्रो साता जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य र महानगरीय प्रहरी परिषरले आक्रामक रुपमा अनुगमन थालेपछि नेपालमा बिक्री गर्दै आएका कतिपय विदेशीहरुले चुरोटमा ९० प्रतिशत चित्रअंकित चेतावनीमुलक स्वास्थ्य सन्देश ल्याएका थिए । तर स्वदेशी ब्राण्डका चुरोटहरु भने अहिलेपनि अटेरी गर्दै आएका छन् ।

त्यतिवेला भाटभटेनी, दरबारमार्ग तथा अनामनगरबाट ठूलो परिमाणमा मापदण्ड विपरितका स्वदेशी ब्राण्डका चुरोटहरु जफत गरेपछि व्यापारीहरु आत्तिएका थिए । तर एकाएक अनुगमनमा सुस्तता देखिएपछि अटेरी गर्ने उद्योगी तथा व्यापारीहरु एकाएक हौसिएका छन् । स्रोतका अनुसार सरकारका उच्च अधिकारीहरुलाई दवाव दिएर अनुगमनलाई तत्कालका लागि खुकुलो बनाउन सुर्तीउद्योगी तथा व्यापारीहरु लागिपरेका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ लाई संसोधन गर्न बनेको निर्देशिका २०७१ ले सबैखाले सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था गरेको छ । गत २ जेठ देखी लागू हुनुपर्ने यो नियम नेपाली उद्योगीहरुले अटेरी गर्दै आएका छन् ।

यो पनि पढ्नुस…

पहिले ९० प्रतिशत चित्र छाप्नुस बाँकी समस्याका बारेमा पछि कुरा गरौँला’

दरबारमार्ग र भाटभटेनीबाट मापदण्ड विपरीतका चुरोट जफत

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *