स्वास्थ्य मन्त्रालयको नर्सिङ शाखा, मन्त्रीको छेउमै तर पाखा….

mohp

काठमाडौँ –  दुरीको हिसावले स्वास्थ्य मन्त्रीको कार्यकक्षबाट सबैभन्दा नजिक पर्छ स्वास्थ्य मन्त्रालयमा रहेको नर्सिङ सेवा शाखा । तर त्यो शाखाको काम र गतिविधि हेर्दा सबैभन्दा पुछारमा परेको देखिन्छ ।

ishory
इश्वरीदेवी श्रेष्ठ

शाखा प्रमुखको रुपमा विगत छ बर्ष देखी एघारौँ तहकी नर्स इश्वरी देवी श्रेष्ठ रहेकी छन् । तर उनको काम मन्त्रालयमा कोरम पुरयाउने बाहेक खासै देखिदैन् । उनी आफै पनि अधिकार विहीन पदको प्रमुख भएको बताउछिन् ।

‘म नर्सिङ हेर्न भनेरै तोकिएको प्राविधिक हुँ तर मलाई कसैले खोजी गर्दैन । त्यसैले म पनि कतै चासो दिएर गएकै छैन् । मिटिङ सिटिङ हुन्छ, त्यसमा आफ्नो धारणा राख्ने हो । काम गर भने गर्ने हो । काम गर्नैै दिदैन भने त झगडा गर्न जाने कुरा भएन् । थपक्क बस्ने हो ।’

उनले आफूलाई देशभर कति नर्सिङ दरवन्दी छ भन्ने पनि थाह नभएको बताइन् । ‘रिक्त भएको होला त्यसैले अहिले भकाभक करार र अस्थायीमा विज्ञापन आवहान गरेको रहेछ । मलाई थाह भए अनुसार सरकारी अस्पतालमा छ हजार र विकास समितिले नै राखेकाको संख्या १२ हजार जति होला,’ श्रेष्ठले अनुमानको भरमा भनिन् ।

उनले आफ्नो शाखाको काम अन्यन्त्रबाटै हुने भन्दै आफूलाई आफ्नो कामबारे केही जानकारी नै नभएको दावी गरिन् । उनलाई आफ्नो अधिकार कटौती गरिएको गुनासो छ । खासगरी नर्सिङ सेवा तर्फको काममा अन्य शाखाबाट काम भइरहेको भन्दै उनले आफुहरुबीच समन्वयको अभाव भएको बताइन् ।

त्यसो त ६ बर्ष देखी प्रमुख रहेकी श्रेष्ठले नर्सिङ सेवा विकासका लागि देखिने काम गर्न सकेकी छैनन् । यद्धपी उनी आफू लागि रहेको बताउछिन् । ६ बर्ष देखी प्रमुख हुँदा नर्सको विबरण दिन पनि सक्नुहुँदो रहेनछ ? नेपाली हेल्थको अन्तिम प्रश्नमा उनले भनिन् , ‘म प्रमुख हुँ , मैले विवरण खोज्दै हिडने कुरा आएन् । तलका( कर्मचारी प्रशसन) ले ल्याएर दिदैन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य मन्त्रालयको नर्सिङ शाखा, मन्त्रीको छेउमै तर पाखा….

  1. This is the reason nurses are behind.. inactive and useless leaders… who do not make the effort to use their brains.. being a reputed head and representative of nursing.. its is her responsibility to find out about the status of nurses and nursing profession of Nepal regardless of what the staff below her report to her.. she does not seem to have the basic knowledge about nurses of Nepal and who will attempt to seek advice from a useless person.. no matter what his/her position is…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *