बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न १३ जनाको आवेदन

156
Shares

काठमाडौँ ११ असार । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि लागि १३ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपतिको नाम सिफारिस समितिको सचिवालयमा मंगलबार अपरान्ह ५ बजेसम्म १३ जनाको आवेदन परेको हो।

यतिवेला स्वास्थ्य मन्त्रालय अन्तर्गतका चारवटा प्रतिष्ठान उपकुलपति विहीन छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद रिक्त छ ।

समितिले यी चारवटै प्रतिष्ठानका लागि उपकुलपतिको नाम सिफारिस गर्न गत बुधबार सूचना निकाली योग्यता पुगेका ईच्छुक व्यक्तिदलाई आवेदन दिन आव्हान गरेको थियो । सो अनुसार चार वटा प्रतिष्ठानमा ५५ जनाले आवेदन दिएका थिए ।

यी हुन् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति बन्न आवेदन दिनेहरु

  1. प्राडा प्रह्लाद कार्की
  2. डा. रोशन पोखरेल
  3. प्राडा गौरी शंकर शाह
  4. प्राडा संगीता भण्डारी
  5. डा. ज्ञानेन्द्र गिरी
  6. प्राडा पशुपति चौधरी
  7. प्राडा कृष्णकुमार राई
  8. प्राडा रोहित प्रसाद यादव
  9. प्राडा विक्रम प्रसाद श्रेष्ठ
  10. प्राडा सञ्जिव कुमार शर्मा
  11. प्राडा विष्णु प्रसाद शर्मा
  12. डा रामेश राज कोइराला
  13. डा लक्ष्मी नारायण सिंह
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *