उपचारका क्रममा बालकको मृत्युपछि ‘लापर्वाही’ भएको आरोप लगाउँदै आफन्त आन्दोलित

200
Shares

 

जनकपुर । प्रादेशिक अस्पताल लहानमा उपचार गर्ने क्रममा बालकको मृत्यु पछि उनका आफन्त र गाउँलेहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको लापरर्वाहीबाट बालकको ज्यान गएको आरोप लगाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रादेशिक अस्पतालमा सिरहा नगरपालिका( ६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको मृत्युपश्चात आफन्त र गाउँलेले अस्पताल र बाहिरी सडकमा प्रदर्शन गरिरहेका छन् ।

मृतकका आफन्त र गाउँले केहीबेर अस्पताल अगाडि सडकसमेत अवरुद्ध गरेका छन् । उनीहरुले अस्पतालमा तोडफोडको प्रयास गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घरमा अचानक बेहोश भएपछि आज बिहान करिब साढे १० बजे ती बालकलाई आफन्तले अस्पताल भर्ना गरेका थिए । अस्पताल ल्याइएका बालकको डा. सुदेशकुमार यादवले चेक जाँच गरेका थिए । सो क्रममा बालकको शरीरमा रगतको मात्र अत्यधिक कम भएको पाइएको थियो ।

त्यसपछि डा. यादवले तत्कालै रगत चढाउन सुझाएका थिए । तर प्रादेशिक अस्पतालभित्रै रहेको ब्लड बैंकमा रगत नभएको जानकारी दिइयो । रगत अभावकै कारण ती बालकको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल पुगेका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले अस्पताल प्रशासन र डाक्टरहरुले चरम लापरबाही गर्ने गरेको आरोप लगाए ।

उनले भने, ‘हामीले अस्पतालको सेवा सुधार्न पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरियो । त्यसकै परिणाम आज एक बालकको ज्यान गयो । यसको जिम्मा अस्पतालले लिनुपर्छ ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *