सन्तानलाई खोप नलगाए ६ महिना जेल !

556
Shares

vakcinएजेन्सी – युगान्डा सरकारले सन्तानलाई खोप नलगाउने आमाबाबुलाई ६ महिनासम्म जेल सजाय हुने कानून ल्याएको छ । नयाँ कानून अनुसार कुनै पनि विद्यालयमा भर्ना हुनका लागि खोप लगाएको कार्ड अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

स्वास्थ्यमन्त्री रासा ओपेन्डीले नयाँ कानुनले देशको खोप लक्ष्य पुरा गर्न मद्दत पुरयाउने बताइन् । युगान्डामा आमाबाबु धार्मिक कारण देखाउदै आफ्ना सन्तालाई खोप लगाउन हिचकिचाउछन् ।

खोप नलागाउनाले बालबालिकामा पोलियो र मेनिनजाइटिसको खतरा रहने मन्त्री ओपेन्डीले बताइन् ।

धेरै बालबालिका खोपबाट बन्चित :

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को गतवर्षको प्रतिवेदन अनुसार युगाण्डामा प्रति एक हजार बालबालिकामध्ये ७० जनाको पाँच बर्ष भन्दा कम उमेरमै मृत्यु हुने गर्छ ।

ओपेन्डीले युगाण्डामा तीन प्रतिशत बालबालिका खोपबाट बन्चित हुने गरेको जानकारी दिइन् । यहाँ सुकुम्बासी बस्तीमा गरिने सरसफाइ कार्यक्रमका बेला केही आमाबाबुले आफ्ना बच्चा लुकाउने गरेका छन् ।

भ्रमछर्ने धार्मिक नेता हिरासतमा :
मानिसहरुलाई दिग्भ्रमित गरेको आरोपमा केही अघि धार्मिक नेताहरुलाई गिरफ्तार समेत गरेको थियो । तर कानुनको अभावमा उनीहरुमाथि मुद्धा भने चलाइएन ।

युगान्डाका राष्ट्रिपति योबेरी मुसेबेनीले १० मार्चमै यो कानुनमा हस्ताक्षर गरेका थिए , तर यसलाई भर्खरै मात्र सार्वजनिक गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *