लाइसेन्स परीक्षाको नतिजा : एमबीबीएसमा ६६.८ र बीडीएसमा ७५.८ प्रतिशत उत्तीर्ण

nmc

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको शनिबार भएको चिकित्सक दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षामा एमबीबीएस तर्फ ६६.८ प्रतिशत र बीडीएस तर्फ ७५.८ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका अनुसार एमबीबीएस तर्फ परीक्षामा सहभागी १ हजार ४ सय १ जना मध्ये ९३७ जना उत्तीर्ण भएका छन् । त्यस्तै बीडीएस तर्फको परीक्षामा सहभागी ११६ मध्ये ८८ जना मात्रै उत्तीर्ण भएका छन् ।

natija

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार शनिबारको परीक्षाका लागि कुल १ हजार ५२५ जनाले फारम भरेका थिए । त्यसमध्ये एमबीबीएसका लागि १ हजार ४०८ जना र बीडीएस तर्फ ११७ जना थिए ।

तर परीक्षा हुँदा बखत एमबीबीएस तर्फका ५ जना अनुपस्थित भएका थिए । दुई जना भने नक्कली प्रमाणपत्रको आरोपमा परीक्षा केन्द्रबाटै पक्राउ परेका थिए । बीडीएस तर्फ ११७ जनाले फारम भरेकोमा १ जना अनुपस्थित रहि ११६ जना मात्रै परीक्षामा सहभागी रहेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *