विद्युतीय शबदाह गृहबाट ९० वटा आँखाको नानी संकलन

eyeकाठमाडौँ – शास्त्र सम्मत भन्दा विज्ञान सम्मत विधिबाट शव जलाउन विद्युतीय शवदाहयन्त्रको प्रयोग सुरु गरेसंगै आँखाको नानी दान गराउनेको संख्या पनि बढ्दै गएको छ । माघ १० गतेदेखी सञ्चालनमा आएको शवदाह यन्त्रमा जलाउन ल्याइएका ४५ वटा मृतशरीरबाट ९० वटा आँखाको झिकिएको छ ।

तीलगंगा आँखा अस्पताल अन्तर्गत आँखा केन्द्रको शवदाह गृहमा स्थापना भएको नानी संकलन केन्द्रका प्राविधिक सुरज गौतमका अनुसार शवदाह यन्त्र प्रयोग गर्न रुचाउने मलामीको बेग्लै सोच रहेको पाइएकोले शबबाट नानी संकलन गर्न यसरी सहयोग पुगेको हो । नानी दानमा यो उत्साहजनक सहभागिता हो ।

शवदाह यन्त्रमा शव जलाउदा शवको अंगभंग भएको हेर्ननपर्ने , खोला र चीता परिषरमा फोहर नहुने र बाताबरणमैत्री रहने भएकोले नानी दान गराउन मृतकका आफन्तहरु तयार हुने गरेका छन् । विज्ञानसम्मत सोच भएका मलामी किरीयापुत्रीले विद्युतीय सवदाह यन्त्रको प्रयोग गरिरहेकोले नानी संकलनमा यो सहभागीता रहेको गौतमले बताए ।

नानी संकलन केन्द्रलाई प्रभावकारी बनाउन पशुपति क्षेत्रविकास कोषले तीलगंगा आँखा अस्पतालसंग समन्वय गरिरहेको र २४ घण्टा चालु रहनुपर्ने सम्झौता गरेको छ ।

आँखा संकलन समाजका सदस्य नरोत्तम बैद्य भन्छन्, ‘दाउराको चीतामा अझै पनि  आँखाको नानी संकलनमा असहजता छ तर विद्युतीय शवदाहयन्त्रमा ल्याइपुरयाइएका शवबाट नानी दान गराउन कतिपय मलामी नै इच्छुक देखिएका छन् ।’

विगतमा तीन हजार नानीको आवश्यकता रहेको तथ्यांक निकै घटिसकेका छ । नानी संकलन केन्द्रलाई प्रभावकारी बनाउन पशुपति क्षेत्रविकास कोषले तीलगंगा आँखा अस्पतालसंग समन्वय गरिरहेको र २४ घण्टा चालु रहनुपर्ने सम्झौता गरेको छ ।

  • आजको गोरखापत्रमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *