स्वास्थ्यमा सरुवा : दाङका मे.सु डा. देवकोटा लुम्विनी अञ्चल अस्पतालमा, काठमाडौँका प्रमुख विभागमा

mohp

काठमाडौँ – राप्ती उपक्षेत्रीय अस्पताल दाङका मेडिकल सुपरीटेन्डेन डा. विकास देवकोटाको सरुवा भएको छ । उनलाई बुटवलस्थित लुम्विनी अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेनमा ल्याइएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार विहीबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट डा. देवकोटाको सरुवा भएको हो ।

यसअघि अघिल्लो साता मात्रै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका प्रमुख फेरिएका छन् । तीन महिना अघि राष्ट्रिय स्वास्थ्य शिक्षा तामिल केन्द्रबाट जनस्वास्थ्य कार्यालय काठमाडौँ ल्याइएका अच्युत लामिछानेलाई स्वास्थ्य सेवा विभाग पुर्नजागरणमा सरुवा गरिएको छ । उनको यो सहित पछिल्लो १६ महिना भित्र भएको चौथो सरुवा हो । लामिछानेको स्थानमा पुर्नजागरणका ऋषि लामिछानेलाई पठाइएको छ ।

केही महिना अघि मन्त्रालयमा काजमा ल्याइएका राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारकेन्द्रका बद्री बहादुर खड्काको काज फिर्ता भएको छ । उनी गतसाता देखी पुरानै ठाँउ सूचना केन्द्रमा हाजिर हुन थालेका छन् ।

यता औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक नारायण ढकालको पनि सरुवा भएको छ । उनको सरुवा औषधि व्यवस्था कार्यालय नेपालगञ्जमा सरुवा भएको हो ।  गत मंगलबारको सचिवस्तरीय निर्णयबाट उनको सरुवा भएको हो । विभागका प्रवक्ता समेत रहेका ढकाल नवौ तहका कर्मचारी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *