चीनमा खोप भण्डारणमा लापरबाही गरेको आरोपपछि ३७ जना नियन्त्रणमा

chinaबेइजिङ – पूर्वी चीनमा खोप भण्डारणमा लापरबाही गरी तापमान सन्तुलन नगरेको औषधि बजारमा पठाएको हल्लापछि स्थानीय प्रशासनले उक्त इलाकाका ३७ जना औषधि विक्रेतालाई नियन्त्रणमा लिएको चीनको राज्य नियन्त्रित समाचार संस्थाले बुधबार जनाएको छ ।

प्रहरीले एक महिला र उनकी छोरीलाई करिब १० करोड अमेरिकी डलर बराबरको औषधि अबैध रूपमा सन् २०११ देखि सन् २०१६ को सुरुसम्म बेचेको आरोपमा नियन्त्रणमा लिएपछि अवैधरुपमा भण्डारण गरी खोपको कारोबार हुने गरेको थाहा हुन आएको हो ।

चिनियाँ बजारमा ताप सन्तुलन कायम नगरिएको खोप तथा अन्य औषधि बजारमा आएको खबरले सर्वसाधारणको खाद्यान्न र औषधि सुरक्षाबारे चासो बढेको सञ्चारमाध्यमले बताएका छन् ।

प्राप्त समाचार अनुसार अनुसन्धानका क्रममा विभिन्न औषधिजन्य उत्पादनका कुल नौ थोक विक्रेतामाथि अनियमितरुपमा औषधि भण्डारण गरी वितरण गरेको आरोप लागेको छ ।

यसैबीच चिनियाँ प्रधानमन्त्री लि खछ्याङले औषधि तथा खोपलाई अनियमितरुपमा भण्डारण गरेको खबरले सामाजिक सञ्जालमा व्यापकता पाएसँगै यस सम्बन्धमा सावधानीपूर्ण अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ ।

उहाँले यदि समाचार सही भएको पाइएमा त्यस्ता विक्रेतामाथि छिट्टै कानुनी कारबाही अगाडि बढाउन समेत निर्देशन दिनुभएको छ ।

खोप सुरक्षा विषय सबैको गहिरो चासो भएको र यस्तो अनियमितता गर्ने कोही पनि कानुनको दायरबाट उम्किन सक्नेछैन, लि खछ्याङको शब्द चिनियाँ समाचार संस्थाले उद्धृत गरेकोे छ ।

थोक विक्रेताले हेपाटाइटिस बी, रेबिज, मम्स र जापानी इन्सेफलाइटिसका खोप नियमअनुसार भण्डारण नगरेको पछिल्ला केही दिनमा सामाजिक सञ्जालमा व्यापक आएका थिए ।रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *