सर्च कमिटी गठन प्रक्रियाप्रति पूर्व डीन शशी शर्माको आपत्ति ( पत्र सहित )

Dr. shashi sharma
प्राडा शशी शर्मा

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट दुई सातामा हटेका पूर्व डीन प्राडा शशी शर्माले नयाँ डीन नियुक्तीको कार्यक्रम तत्काल स्थगित गर्न उपकुलपतिलाई  पत्र पठाएका छन् ।

उनले आफूलाई हटाउने त्रिवि कार्यकारी परिषदको निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतमा विचाराधिन रहेको र उक्त मुद्धाको पेशी आगामी २८ चैतमा भएको बताउदै नियुक्त नगर्न माग गरेका छन् ।

यसअघिका डीन प्राडा राकेशप्रसाद श्रीवास्तवले राजिनामा दिएपछि रिक्त पदमा नयाँ नियुक्ती गर्न गत २९ फागुनमा बसेको त्रिवि कार्यकारी परिषदको बैठकले प्राडा पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्य सर्च कमिटी गठन गरेको थियो ।

प्राडा शर्माले रजिष्टार र रेक्टरलाई समेत बोधार्थ दिएर पठाएको पत्रमा आफू नियमित रुपमा काम गरिरहेको अवस्थामा सुनुवाईको मौका समेत नदिई एक्कासी विना आधार हटाइएको उल्लेख गरेका छन् । आफूले कार्यकारी परिषदको अन्यायपूर्ण निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको र अदालतले समेत सो निर्णयलाई बिचाराधिन अवस्थामा राखेको भन्दै प्राडा शर्माले नयाँ डीन नियुक्त नगर्न आग्रह गरेका छन् ।

त्रिवि कार्यकारी परिषदको ९ पुस २०७० मा बसेको बैठकले प्राडा शर्मालाई डीन नियुक्ति गरेको थियो । तर त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले उनको नियुक्ति विरुद्ध आमरण अनसन सुरु गरेपछि दुइ साता पछि अर्थात ८ माघ २०७० मा अर्को बैठक बसि हटाउने निर्णय गरेको थियो । प्राडा शर्मालाई हटाएपछि डा केसीकै माग अनुरुप १ चैत २०७० देखी प्राडा राकेश श्रीवास्तव डीन भएका थिए ।

त्रिविका रजिष्टार प्राडा डिल्लीराम उप्रेतीले आफूलाई चिठी बारे जानकारी नभएको प्रतिक्रिया दिए । उनले सर्चकमिटिलाई नाम सिफारिस गर्न समयावधी नतोकिएको समेत स्पष्ट पारे ।

उपकुलपतिलाई पठाएको पत्र यस्तो छ :

letter1 copy

let2 copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *