स्थानीय स्वास्थ्य संस्थाको अध्यक्षको जिम्मेबारी फेरी गाविस सचिवलाई

mohp

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले स्थानीय स्वास्थ्य संस्थाको अध्यक्ष स्वास्थ्य मन्त्रालय तोकिने प्रावधान खारेज गरेको छ । मन्त्रालले स्थानीय निकायको निर्वाचन नभएसम्मका लागि स्थानीय गाविसका सचिवले स्वास्थ्य समितिको अध्यक्ष बन्न सक्ने नयाँ व्यवस्था गरेको छ । यो नयाँ व्यवस्थासंगै मन्त्रालयबाट तोकिएका अध्यक्षहरुको पद समेत बदर भएको छ ।

स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७१ ले स्थानीय स्वास्थ्य संस्थाको अध्यक्ष स्थानीय निकायको नेतृत्व नहुँदा सम्म केन्द्रबाट नियुक्ती गर्ने व्यवस्था गरेको थियो । यसले दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष छानिनका लागि केन्द्रमै धाउनुपर्ने व्यवस्था गरेको थियो ।

अघिल्लो सरकारले गरेको यो निर्णयलाई मुलुक संघीय संरचनामा जाँदै गर्दा विकेन्द्रीत व्यवस्थालाई केन्द्रीकृत गरेको भन्दै चर्को आलोचना भएपछि गत २३ फागुनमा मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका संसोधन गरिएको हो ।

मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीका अनुसार साविकमा जारि गरिएको निर्देशिकामा संशोधन गरी गाविसको अध्यक्ष समितिको पदेन अध्यक्ष हुने , उपाध्यक्ष नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट मनोनयन गरेको व्यक्ति हुने र स्थानीय निकायको निर्वाचन नभएसम्म गाविस सचिव स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था भएको भएको बताए ।

1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *