विदेशमा डाक्टरी अध्ययन गर्न जान १ हजार नौ सयले दिए योग्यता परीक्षा (कुन देशमा कति ?)

3.7k
Shares

काठमाडौँ – चिकित्सा शिक्षाका लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या एकीन भएको छैन तर नेपाल मेडिकल काउन्सिलले पछिल्लो एक बर्षमा १ हजार ९ सय २ जनाले विदेश अध्ययन गर्नका लागि योग्यता परीक्षा दिएको जनाएको छ ।

ती मध्ये एमविविएस अध्ययनका लागि १ हजार २७४जना , बीडीएसका लागि १८७ जना र पोष्टग्राजुएड (पीजी)का लागि ४४१ जनाले योग्यता परीक्षा दिएको जनाएको छ ।

काउन्सिलको रेडर्कले पछिल्लो समय एमविविएस र बीडीए अध्ययन गर्न सबैभन्दा बढी बंगलादेश गएको देखाएको छ । तर पीजी अध्ययनका लागि सबैभन्दा बढीले चीन रोजेका छन् ।

काउन्सिलका अनुसार बंगलादेशमा अध्ययन गर्न जान गतवर्ष एमबीबीएसका लागि ९०४ जना र बीडीएसका लागि १६० जनाले योग्यता परीक्षा दिएका थिए ।

नेपाली विद्यार्थीले चाइनालाई दोस्रो रोजाईमा पारेका छन् ।गतवर्ष २०९ जनाले चाइनाका लागि योग्यता परीक्षा दिएका थिए ।

त्यस्तै तेस्रोमा फिलिपिन्स १०७ जना, चौथोमा रसिया २० जना पाचौँमा पाकिस्तान र इजिप्ट १३ जना, छैटौँमा भारत ६ जना सातौ र आठौ गुएना १ जना छन् ।

उता पीजी तर्फ सबैभन्दा बढी २१४ जनाले चाइना रोजेका छन् । दोस्रोमा फिलिपिन्स ७६ जना, तेस्रोमा भारत ६१ जना छन् ।

एमबीबीएस र बीडीएसमा सबैभन्दा बढी विद्यार्थीको रोजाई बनेको बंगलादेशमा पीजी पढन जानका लागि योग्यता परीक्षा दिनेको संख्या ३९ मात्रै छ । काउन्सिलका अनुसार गतवर्ष पीजी अध्ययनका लागि १५ वटा देशका लागि परीक्षा दिएका थिए ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले विदेश जना चाहनले कलेज र पढाई हुने कोर्षको विस्तृत विवरण बुझाएपछि काउन्सीलको योग्यता परीक्षामा समावेश हुन पाइन्छ । सोही आधारमा पढेर फर्केपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाइन्छ ।

तर कतिपयले योग्यता परीक्षा नदिइकन सिधै पढन गएको हुन सक्ने पनि डा. अधिकारीले बताए । उनले त्यसरी गएर पढेर आएकाहरुले पछि जरिमाना सहित फारम भरेर योग्यता परीक्षा दिने व्यवस्था मिलाइएको बताए ।

कुन देशमा कति हेर्नुहोस सूची :

NMC1

NMC2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *