अल्काले गरयो सर्लाहीमा सबैभन्दा ठूलो स्वास्थ्य शिबिर

ललिलतपुर – जाउलाखेलस्थित अल्का अस्पतालले सर्लाही जिल्लाको विकट गाँउमा पुगेर अहिलेसम्मकै ठूलो निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । जिल्लाको चकरघट्टाको पडहरिया गाविसमा तीन दिन सम्म चलेको निशुल्क स्वास्थ्य शिबिरमा ६ हजार ३ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिबिरका लागि अल्काबाट पाँच जना विशेषज्ञ चिकित्सक सहित ३० जनाको स्वास्थ्यकर्मी टोली सर्लाही पुगेको थियो । अल्का लायन्स, प्यारी मातृभूमि सामूदायिक बिकास केन्द्र र संञ्जवनी प्रतिष्ठानसंगको सहकार्यमा भएको शिबिरमा जनरल फिजिसियन, हाडजोर्नि, स्त्री तथा प्रसुति रोग लगायत बिशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिबिरमा परीक्षणका लागी आएका बिरामी मध्ये अधिकांसमा ढाडको समस्या, छाती रोग, स्त्री रोगसम्वन्धी समस्या बढी देखिएको उपचारमा संलग्न डा. महेश दाहालले बताए ।

बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा र आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई स्वास्थ्य सेवा पुरयाउन पूर्वमन्त्री एवं फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव पहल गरेका थिए । उनको पहललाई अल्काले साथ दिदै निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

अस्पतालका अध्यक्ष कुमार थापाले आफ्नो अस्पतालबाट भएका निशुल्क स्वास्थ्य शिबिरमध्ये सर्लाहीमा भएको यो शिबिर नै अहिलेसम्मको सबैभन्दा ठूलो शिबिर भएको बताए । हुनपनि शिबिरमा बिरामीको चाप अत्यधिक रुपमा बढेपछि अस्पतालले थप चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली राजधानीबाट सर्लाही पठाउनु परेको थियो ।

अल्का अस्पतालका अध्यक्ष कुमार थापाले आफ्नो अस्पतालबाट भएका निशुल्क स्वास्थ्य शिबिरमध्ये सर्लाहीमा भएको यो शिबिर नै अहिलेसम्मको सबैभन्दा ठूलो शिबिर भएको बताए । हुनपनि शिबिरमा बिरामीको चाप अत्यधिक रुपमा बढेपछि अस्पतालले थप चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली राजधानीबाट सर्लाही पठाउनु परेको थियो ।

अध्यक्ष थापाले शिबिरमा बिरामीहरुलाई १० दिनसम्मको औषधी समेत निशुल्क बितरण गरिएको जनाए । उनले मधेस र राजधानीबीचको सम्वन्धलाई अझै प्रगाढ बनाउन सर्लाहीमा शिबिर आयोजना गरिएको भन्दै आगामी दिनमा मानव सबिकास सुचकाङ्कका हिसावमा पछि परेका मधेसका बिकट गाविसलाई लक्षित थप शिबिर सञ्चालन गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *