आरोग्यको शिबिरमा ९६ जनाको मिर्गौला परीक्षण

288
Shares

aarogye sibir1

ललितपुर – विश्व मिर्गौला दिवसको अवसर पारी आरोग्य प्रतिष्ठानले आयोजना गरेको निशुल्क मिर्गौला परीक्षण शिबिर सम्पन्न भएको छ । पूल्चोकस्थित आरोग्य प्रतिष्ठान भवन परिसरमा विहान साढे १० बजे देखी दिउसो २ बजेसम्म राखिएको उक्त सिविरमा ९६ जना व्यक्तिले मिर्गौला परीक्षण गराएका थिए ।

शिबिरमा आएकाहरुको डा. गोपाल सुवाल, डा. रनील श्रेष्ठ, डा. प्रबिन झा र डा. लुसन सिंहको टोलीले मिर्गौला परीक्षण गरेको थियो । सो क्रममा ६ जना अर्थात करीब ७ प्रतिशत व्यक्तिमा मिर्गौला सम्वन्धी समस्या रहेको देखिएको थियो ।

IMG_20160312_115526

डा. सुवालले सिविरकै तथ्यांकलाई उदाहरण लिदा पनि मिर्गौला सम्बन्धी रोगको अवस्था भयावह रहेको बताए ।

नेपालमा बर्षेनी तीन हजार बढी व्यक्तिको मिर्गौला फेल हुने गरेको अनुमान छ । ती मध्ये समयमै उपचार नपाएर करीब ९० प्रतिशतको केही महिनामै मृत्यु हुने गरेको चिकित्सकहरु बताउछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *