‘आर्थिक अभावमा उपचार नपाएर कोही मर्न नपरोस’

RAJ_5517

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावमा कुनै पनि रोगबाट विरामीको मृत्यु हुने अवस्था आउन नदिने बताएका छन् । उनले बर्तमान सरकार क्षमता र सामथ्र्यका आधारमा स्वास्थ्य सेवालाई आम जनताको पहूचमा पुरयाउन लागि परेको समेत दावी गरेका छन् ।

विश्व मिर्गाैला दिवसका उपलक्ष्यमा आज मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले आयोजना गरेको अत्याधुनिक ग्यास्ट्रोइन्टरोलोजी, सघन उपचार कक्ष र प्रयोगशाला सेवाको उद्घाटन गर्दै उनले कुन रोगको उपचारका लागि कति जनशक्ति आवश्यक हो भन्ने कुराको लेखाजोख गर्न आवश्यक रहेको बताए । ‘अहिले चयाउसरी मेडिकल शिक्षाका संस्थाहरु खुलेका छन्, अव त्यसो हुन हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘ के बढी आवश्यक हो त्यहि आधारमा मात्रै मेडिकल कलेज खोलिनुपर्छ ।’RAJ_5391

कार्यक्रममा उद्योग राज्यमन्त्री मेघराज निषाद नेपालीले जिल्ला जिल्लामा डायालोसिस सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्पतालका लागि भौतिक पूर्वाधारको विकास गर्नुपर्ने र गरिब बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा समाजकल्याण संसदीय समितिका सभापति रञ्जुकुमारी झा, लन्डनस्थित फ्रिमेन हस्पिटलका डा एलिसन ब्राउन लगायतले आफ्नो धारणा राखेका थिए ।

केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पछिल्लो समयमा मिर्गौला रोगको अवस्थाबारेमा जानकारी गराएका थिए ।

नेपालमा ३० लाख व्यक्ति मिर्गौलाको कुनै न कुनै रोगी रहेको, हरेक वर्ष तीन हजारको मिर्गौलाले काम नगर्ने र तीमध्ये ९० प्रतिशत बिरामीको तीन महिनामै मृत्यु हुने गरेको चिकित्सकहरु बताउछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *