न्युरो र स्पाइनल अस्तपाल खोल्ने सरकारको तयारी

mohp

काठमाडौँ –  सरकारले न्युरो र स्पाइनल सम्वन्धी दुई छुट्टा छुट्टै केन्द्रीय अस्पताल खोल्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षबाट न्युरो र स्पाइनल अस्पताल खोल्ने प्रक्रिया अघि बढाउने बताएको छ ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सरकारी स्तरमा स्पाइनल र न्युरो सम्वन्धी छुटट्ै अस्पताल नभएकोले खोल्ने प्रक्रिया सुरु गर्न लागेको बताए । उनले विज्ञसमूहसंग छलफल गरेर कुन स्थानमा कति बेडको अस्पताल खोल्ने भन्ने निधो हुने बताए ।

हामी यसै आर्थिक बर्ष भित्र केन्द्रीय स्तरका न्युरो र स्पाइनल अस्पताल स्थापना गर्ने प्रक्रिया प्रारम्भ गर्नेवाला छौँ , नेपाली हेल्थसंग सचिव श्रेष्ठले भने कहाँ , कति ठूलो स्थापना गर्ने भन्ने छलफलमै रहेको छ ।

अहिले उपत्यकामा र उपत्यका बाहिर गरी झण्डै आधा दर्जन न्युरो अस्पताल सञ्चालन छ । त्यस्तै स्पाइनल अस्पताल पनि निजी क्षेत्रबाटै सञ्चालनमा छन् ।

नसर्ने रोगको जोखिम बढेको र मतिस्क सम्वन्धी केस बढी रहेको तथा दैनिक दुर्घटनामा घाइते हुनेहरुको संख्यामा पनि बृद्धि हुँदै गएकोले सरकारले त्यससम्वन्धी छुट्टै अस्पताल खोल्ने तयारी गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “न्युरो र स्पाइनल अस्तपाल खोल्ने सरकारको तयारी

  1. भएका केन्द्रीय अस्पतालको सुधार गर्ने होइन , नयाँ अस्पताल खोल्यो , आफ्ना मान्छे भर्ना गरयो बस्यो त होलानी

  2. Agree with Mr Shyam. First how many competent neuro surgeons are available in the country ? Stop political bharti kendra in Bir and TUTH first. upgrade the services in affordable cost.

Leave a Reply

Your email address will not be published. Required fields are marked *