नेपाली डाक्टरहरुकोे गणना गर्दै काउन्सिल

nmc

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको गणना गर्ने भएको छ । काउन्सिलमा हालसम्म दर्ता भएका चिकित्सकको संख्याले बास्तविक तथ्यांक दिन नसकेको भन्दै काउन्सिलले गणना सुरु गर्न लागेको हो ।

काउन्सिल पदाधिकारीहरुको गत माघ २८ मा बसेको बैठकले आगामी तीन महिना भित्र सूचना निकालि गणना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । सो निर्णय अनुसार दर्ता भइसकेका चिकित्सकहरु सबैले आफू कार्यरत स्थान, विषय, दर्ता नम्वर सहित विवरण काउन्सिलमा पठाउनुपर्नेछ ।

काउन्सिलबाट लाइसेन्स पाइ स्वदेश तथा विदेशमा कार्यरत सबैले विवरण पठाउन पर्ने काउन्सिलले निर्णय गरेको छ । ‘अन्यथा काउन्सिलले दर्ता कितावबाट नाम कटौति गर्न सक्नेछ,’ काउन्सिल प्रवक्ता डा कृष्ण अधिकारीले बताए ।

त्यसो त काउन्सिलल ऐनमा पनि चिकित्सकले कार्यरत ठेगाना बदलेमा त्यसको जानकारी तीन महिना भित्र काउन्सिललाई गराउन पर्ने उल्लेख छ । तर अहिलेसम्म त्यस्तो गर्ने प्रचलन खासै देखिएको छैन ।

प्रवक्ता अधिकारीले पुर्नदर्ता प्रक्रियाले नेपालमा सरकारीमा कति ? निजीमा कति ? विदेश गएका कति ? कुन जिल्ला क्षेत्रमा कति ? पढन तथा तालिममा गएका कति ? कुन रोगका डाक्टर कति ? विशेषज्ञ कति ? अस्थायी लाइसेन्सवाला कति ? स्थायी लाइसेन्स वाला कति आदि सबैको बारेमा जानकारी हुने बताए ।

अधिकारीले पुर्नदर्ता प्रक्रियाले नेपालमा सरकारीमा कति ? निजीमा कति ? विदेश गएका कति ? कुन जिल्ला क्षेत्रमा कति ? पढन तथा तालिममा गएका कति ? कुन रोगका डाक्टर कति ? विशेषज्ञ कति ? अस्थायी लाइसेन्सवाला कति ? स्थायी लाइसेन्स वाला कति आदि सबैको बारेमा जानकारी हुने बताए ।

यसले चिकित्सा शिक्षाको लागि अव कति आवश्यक हो भन्ने पनि एकीन गर्न मद्धत पुग्छ,’ अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नेपाली डाक्टरहरुकोे गणना गर्दै काउन्सिल

  1. record rakhnu sahi kura bhaye pani thegana available garayena bhanera naam list bata hatauchau bhanera dhamki ko bhasa prayog garnu suhauney kura hoina. desh lutney lai kanun lagya chaina. hajarau manchey marney lai kanun lagya chaina. dr haru lai chai address diyena bhanera karbhai garney??? kahi nabhako jatra hadi gauma…..??? yo data liyera ni k lachar pato laucha bhrasta nmc ra govt. ko anya nikaya ley…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *