नेपाल स्वास्थ्य अनुसन्धान परिषदले दोस्रो बैज्ञानिक सम्मेलन गर्दै

672
Shares

nhrc1 (1)काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषदको दोस्रो बैज्ञानिक सम्मेलन हुने भएको छ ।

‘दीगोविकासको लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धी अनुसन्धान ‘ नाम दिइएको सो सम्मेलनमा देशभरका एक हजार बढी बैज्ञानिकले सहभागिता जनाउने छन् ।

परिषदका अनुसार  आगामी चैत २८, २९ र ३० गते काठमाडौँमा हुने सो सम्मेलनको राष्ट्रपति विद्या भण्डारीले उदघाटन कार्यक्रम रहेको छ ।
परिषदका सदस्य सचिव डा. खेम कार्कीले सम्मेलनमा देशभरबाट आउने बैज्ञानिकहरुले तीन सय बढी सोधपत्रहरु प्रस्तुत गर्ने बताए ।

उनले नेपालका युवा बैज्ञानिकहरुलाई प्रवर्धन गर्न खोज अनुसन्धानलाई अघि बढाउन सम्मेलन आयोजना गर्न लागिएको बताए । परिषदले गतवर्ष पनि यस्तै सम्मेलन गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *