एक बर्षीय बालकको ओठ यस्तो डरलाग्दो

mathएजेन्सी – अनुहार बिकृत बन्दै गएको एक बर्षीय जिम्बाबेयन बालक प्रोस्पर माथका बाबुआमा अहिले आफ्नो छोराको ज्यान बचाई दिन हार गुहार गरेका छन् । उनीहरुले हेमानजीओमा (नन क्यान्सरस ट्युमर कोष)बाट पिडीत आफ्नो छोराको उपचारका लागि सहयोग मागेका हुन् ।

एक बर्षीय सानो छोरासंगै खेल्दै गरेका आमाबाबु त्यतिवेला झसंग भए जतिवेला माथको अनुहारको आकार फरक देखियो । उनीहरुले आफ्नो छोरा माथकोे तल्लो ओठ र जिब्रो शरीरको अन्य भाग भन्दा धेरै छिटो बढिरहेको पाए ।

डाक्टरलाई देखाउँदा माथलाई हेमानजीओमा भएको पत्ता लाग्यो । यो एक नन क्यान्सरस टयूमर कोष हो । अप्रेसनको लागि उनका बाबुआमासंग पैसा थिएन । प्रोस्परको बढ्दै गएको जिब्रोले गर्दा श्वासप्रश्वासमै समस्या समस्या ल्याउने देखिएपछि डाक्टरहरुले बाहय भएर जीब्रोको सर्जरी गरे तर पैसा नतिरेसम्म डाक्टरले ओठको अप्रेसन भने गर्न मानेका छैनन् ।

उनकी आमा आमा मोडिटर सोको बेरोजगार छिन् र बुबा गल्फ्रेड माथ सुपरमार्केटमा काम गर्छन् । उनले जिम्बाबवेमा सहयोग नपाउने देखेपछि साउथ अफ्रिका गए तर त्यहाबाट पनि रित्तोहात निरास भएर फर्कनु पर्यो ।

यो सर्जरीको लागि १३०० यूरो खर्च लाग्ने उनले बताए । र सहयोगको लागि पहल गरिदिन अहिले उनी सञ्चारमाध्यमको सहारा लिएका छन् ।

हेमान्जीओमा के हो ?

होमान्जीओमा एक सामान्य खालको बर्थ मार्क (जन्मौटे चिन्ह) हो । यो एक बेनाइन ट्यूमर कोष हो जसले सामान्यतया कुनै खराबी गर्दैन यो बर्थमार्कमा कोषहरुको अन्य कोषको तुलनामा छिटो फैलिन्छ । जसले गर्दा छालामा वा छालाामुनी रक्तकोष बन्छ ।

१० शिशुहरुमध्ये करिब एकमा यो खालको बर्थमार्क भेटिन्छ । बच्चा करीब २ हप्ता भएपछि यो मार्क देखिनेछ । करीब ६० प्रतिशत जतिमा यो मार्क घाँटी तथा टाउकोमा देखिन्छ ।

सामान्यतया यसे केही क्षति नगर्ने हुँदा यसको उपचार गर्नु जरुरी हुन्न तर यो समस्या आँखा, ओठ तथा श्वासप्रश्वासमा अबरोध पुर्याउने देखिएमा भने यसको उपचार आवश्यक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *