पाँच फरक क्यान्सर एउटै रक्त परीक्षणबाट पत्ता लाग्ने

cancerएजेन्सी – एकपटकको रक्त परीक्षणले पाँचवटा फरक किसिमका क्यान्सर रोग पत्ता लगाउन सक्ने सम्भावना बढेको बढेर गएको छ । यदि यो सम्भावना वास्तविकतामा परिणत भएको खण्डमा संसारभर लाखौं मानिसले क्यान्सरबाट ज्यान खेर फाल्नु पर्ने छैन ।

बैज्ञानिकरुले शरीरभित्रै हुने एक जीन ‘जेटएनएफ १५४’ ले कोलोन, फोक्सो, स्तन, पेट र इन्डोमेट्रिल (पाठेघर) मा ट्यूमर भएमा यसले आफ्नो केमिकल (रसायिनक) बनोट परिवर्तन गर्ने पत्ता लगाएका छन् । बैज्ञानिकहरुका अनुसार यी भागहरुमा क्यान्सर हुँदा मिथाइलेसन भन्ने प्रक्रिया हुन्छ र जसले जीनलाई दवाउन खोजिरहेको हुन्छ ।

अनुसन्धानमा सहभागी डाक्टर लौरा इल्निट्स्की भन्छिन् “हामीले क्यान्सर भएका ठाउँमा जेटएनएफ १५४ भनिने जीनको वरिपरि मिथाइलेसन मार्क पायौं र यो नै क्यान्सरको एक ‘बायोमार्कर’ हुनसक्छ ।

र यही मिथाइलेसन मार्क ती पाँच वटै क्यान्सर केसहरुमा देखिए । यो प्रक्रिया सफल भएको खण्डमा क्यान्सरका सुरुका चरणमै पत्ता लगाउन सकिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *