नरहरि आचार्यको अवस्था : आँखा खोल्ने, कुरा बुझ्ने तर बोल्न नसक्ने

आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै डा. देवकोटा र उनका टीम
आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै डा. देवकोटा र उनका टीम

काठमाडौँ- उच्चरक्तचापका कारण मस्तिस्कघात भएका कांग्रेस नेता नरहरि आचार्यको अवस्था गम्भिर तर स्थिर रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन् । उनीहरुले आचार्य आँखा खोल्ने सबै कुरा बुझ्ने तर बोल्न नसक्ने अवस्थामा रहेको जानकारी दिएका छन् ।

narahari_acharya_2.17
नरहरि आचार्य

पार्टी सभापति सुशील कोइरालाको निधन भएको खबर पाएपछि  महाराजगञ्ज पुगेका आचार्य विहान ५ बजे कोइराला निवासमै ढलेका थिए । त्यसलगत्तै उनलाई बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र पुरयाइएको थियो । हृदयघातको शंकामा सुरुमा गंगालाल पुरयााएपनि चिकित्सकले मस्तिस्कघात भएको भन्दै नजिकैको न्युरो अस्पताल रिफर गरेका थिए । अहिले आचार्यलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको छ  ।

मंगलबार दिउसो सवा ३ बजे अस्पतालद्धारा आयोजित पत्रकार सम्मेलनमा बरिष्ट स्नायुरोग विशेषज्ञ प्रा.डा. उपेन्द्र देवकोटाले आचार्यको अवस्था गम्भीर तर स्थिर रहेको बताए । उनले बाँया  मस्तिस्कमा रहेको पानीमा व्लडको टुक्रा जमेकोले तत्काल बोल्न नसक्ने बताए । डा. देवकोटाले उनको बाँया मस्तिस्कमा असर परेको कारण शरीरको दाँया भाग पुरै प्यारालाइज भएको बताए ।

‘बाँया मस्तिस्कभित्रको पानीमा रगतको क्लट पुगेको देखिन्छ । त्यसैको असर हो उहाँ बोल्न सक्नुहुन्न । आँखा खोल्नुहुन्छ सबै थाह हुन्छ तर बोल्न सक्नुहुन्न । र बाँया मस्तिस्कका कारण दाँया भाग पुरै प्यारालाइज भएको छ” देवकोटाले भने ।

डा.देवकोटाले तत्काल अप्रेसन गर्दा खतरा हुने भएका कारण आफूहरुले अप्रेसन नगरेको बताए । ‘अनुसन्धानले के देखाउछ भने यस्तो केसमा अप्रेसन गर्दा ७० प्रतिशत असफल हुन्छ । अप्रेसन नगरेमा ५१ प्रतिशत सफल हुन्छ । त्यसैले हामी अप्रेसन नगरेका हौँ,’ उनले मस्तिस्कको पानीमा देखिएको रगतको क्लट निकै सानो भएको र औषधिद्धारा पगालेर बाहिर फ्याक्ने प्रयासमा लागेको बताए ।

डा. देवकोटाले यस्तो केसमा चार देखी सात दिनको समय एकदमै खतरा हुने भएकोले त्यसपछि मात्रै भन्न सकिने बताए ।  परिबारले विहान सवा सात बजे अस्पताल ल्याइपुरयाएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *