नक्कली डाक्टर प्रक्ररण : ११ जना सार्वजनिक, एक जना अस्पतालमा

DSC00330
यी हुन शनिबार सार्वजनिक एघार जना नक्कली डाक्टर

रामप्रसाद न्यौपाने / काठमाडौँ – केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ११ जना  नक्कली डाक्टरलाई शनिबार सार्वजनिक गरेको छ । पक्राउ परेका १३ मध्ये एक जना अस्वस्थताका कारण अस्पतालमा रहेको र अर्को एक जना निर्दोश देखिएपछि रिहा भएका छन् ।

स्रोतका अनुसार सीआईबीले शुक्रबार १३ जना पक्राउ गरेपनि नाम कलेज र प्लसटू समेत एउटै भएको तर फरक व्यक्ति परेको भन्दै एक जनालाई भने शुक्रबार नै रिहा गरेको बुझिएको छ । अर्को एक जनालाई काठमाडौँ ल्याउनासाथ अस्वस्थ भएकोले त्रिवि शिक्षण अस्पतालमा उपचाररत भएको भन्दै सार्वजनिक गरिएन ।

सीआइबी, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदको करीब २ महिनाको संयुक्त अनुसन्धानबाट नक्कली ठहर गरिएका २३ मध्ये पक्राउ गरिएका ११ जनालाई शनिबार सार्वजनिक गरिएको हो ।

नेपाल मेडिकल काउन्सिलले गत १२ मंसिरमा लिएको एमबीबीएस डाक्टरको लाइसेन्स परीक्षामा दुई जना नक्कली परीक्षार्थी भेटिएपछि छानवीन कार्यले तिब्रता पाएको हो । खेताला राखी जाँच दिन लगाउने १२ पटक फेल भएका सरोज साह र आठौँ पटक फेल भएका नविन कुमार यादवको प्रमाणपत्र समेत नक्कली भेटिएपछि काउन्सिल, सीआईबी र परिषद् मिलेर नक्कली छानवीन प्रक्रिया अघि बढेको थियो ।

शनिबार पत्रकार सम्मेलनमा सीआईबी प्रमुख हेमन्त मल्लले अप्रेसन ‘क्वाइक ‘नाम दिएर अनुसन्धान सुरु गरिएको बताए । उनले धेरै जना छानवीनको दायरामा परिसकेको र केहीको नजिता समेत आईसकेको भन्दै थप विवरण खुलाउन नमिल्ने बताए ।

तर स्रोतले १६१ जनालाई घेरामा राखी छानवीन बढाउदा २३ जनाको प्रमाणपत्र नै नक्कली भएको भेटिएको बताएको छ । त्यो भोली पर्सीका दिनमा सार्वजनिक भइहाल्छ । स्रोतका अनुसार उच्च घरानाका सदस्यहरुसमेत नक्कली डाक्टर प्रकरणमा मुछिएका छन् ।

पक्राउ पर्दा कोही पढाउदै थिए कोही विरामी जाच्दै थिए

झापास्थित विएण्डसी अस्पतालका सञ्चालक समेत रहेका रामबाबु गिरी एमडी समेत गरिसकेको सीआईबीले जनाएको छ । त्यस्तै कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा एमबीबीएसलाई पढाउदैको अवस्थामा पक्राउ परेकी विनिता यादवसंग लाइसेन्स नै छैन । योग्यता एमविविएस भनिएको छ तर त्यो योग्यताले एमविविएसलाई पढाउन मिल्दैन । विनिताले सीआईबीले पक्राउ गरी काठमाडौ ल्याएपछि अस्वस्थ भएको बताएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ ।

अर्का नक्कली डाक्टर श्यामबाबु साह शुक्रबार विहान ग्वार्कोस्थित ग्लोबल अस्पतालमा आकस्मिक कक्षमा डिउटीमा रहेकै बखत पक्राउ परेका थिए ।

नक्कली परीक्षार्थीले झस्काएपछि खोजी अभियान तिब्रता

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले गत १२ मंसिरको परीक्षामा भेटिएका नक्कली परीक्षार्थीले झस्काएपछि नक्कली खोजी अभियानले तिब्रता पाएको बताए । ‘त्यसभन्दा अघि खासै चासो पनि दिइएको थिएन तर पटक पटक फेल हुनेले खेताला राखेको र खेताला राख्नेको प्रमाणपत्र नक्कली भेटिएपछि अरुको छानवीन सुरु गरिएको  हो,’ उनले भने । उनले अरु डेढ सय बढी छानवीनको घेरामा परिसकेको र छिटै नतिजा सार्वजनिक गरिने समेत बताए ।

उच्च माध्यमिक शिक्षा परिषदका सदस्यसचिव नारायण कोइरालाले छानवीनका क्रममा प्लसटुको सर्टिफिकेट नै नक्कली बनाइएको भेटिएपछि आफूहरु यसलाई सुधार गर्न सिआईबी र काउन्सिललको साथ लागेको बताए । उनले नेपाली र भारतीय बोर्डका प्लसटुका प्रमाणपत्रहरु धेरै नक्कली भेटिएको र अझै धेरै छानवीनकै क्रममा रहेकोले संख्या धेरै हुने ठोकुवा गरे ।

सीआईबी प्रमुख डीआईजी हेमन्त मल्लले पक्राउ परेका सबैलाई आइतबार अदालत लगि म्याद थप गर्ने र थप अनुसन्धान गरि मुद्धादायर गर्ने बताए । उनले नक्कली डाक्टरलाई ठगी मुद्धा चलाइने बताए ।

काउन्सिल प्रवक्ता डा अधिकारीले अभियोग प्रमाणित भए तीन बर्ष जेल तथा तीन हजार जरिमाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताए ।

पक्राउ परेका बाह्र जना नक्कली डाक्टरहरुको बिबरण 

doctor1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *