१३ नक्कली डाक्टर पक्राउ, सीआईबीले आज दिउसो सार्वजनिक गर्दै

doctor-528x330काठमाडौँ – अरूलाई परीक्षा दिन लगाएर एमबिबिएस उत्तीर्ण गरेका नक्कली चिकित्सकहरू देशभरिका अस्पतालमा कार्यरत रहेको खुलेको छ । काठमाडौं तथा तराईका विभिन्न अस्पतालमा कार्यरत १३ जना त्यस्ता नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट बनाउने, त्यसैको आधारमा चीनमा एमबिबिएस पढ्ने र नेपालको लाइसेन्स परीक्षामा अरूलाई जाँच दिन लगाएर पास गरेर डाक्टर हुनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धेरैजसो नवलपरासीदेखि झापासम्मका अस्पतालमा कार्यरत चिकित्सकहरू छन् । पक्राउ परेका चिकित्सकको एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट रहेको खुलेको छ । सोही नक्कली सर्टिफिकेटका आधारमा उनीहरूले चीनबाट एमबिबिएस पढेका थिए ।

चीनमा एमबिबिएस पढ्न प्रवेश परीक्षा उत्तीर्ण गर्नु नपर्ने र सर्टिफिकेट भए पुग्ने भएकाले यसरी उनीहरूले नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस पढेका थिए ।

पक्राउ परेका चिकित्सकहरूको विभिन्न तहको सर्टिफिकेट नक्कली रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल ठकुरीले बताए । शनिबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।

गत असारको पहिलो साता प्रहरीले चिकित्सक दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षामा संलग्न दुईजना नक्कली परीक्षार्थीलाई सेनाको शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो । शिक्षण अस्पतालका डा. सुशील मण्डल र डा.निरज शर्मा अरूको परीक्षा दिने क्रममा पक्राउ परेका थिए ।

चीनबाट एमबिबिएस पढेर फर्किएका सरोज साह र नवीनकुमार यादवले पटक–पटक परीक्षा दिँदा पनि पास गर्न नसकेपछि उनीहरूलाई पैसा दिएर लाइसेन्सको परीक्षा दिन लगाएका थिए ।

जनकपुरबाट चार चिकित्सक पक्राउ

उता जनकपुरबाट पनि शुक्रबार मात्रै चार चिकित्सक पक्राउ परेका छन् । काठमाडौँबाट खटिएको सीआईबीको टोलीले उनीहरुलाई सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेको गरेको हो । पक्राउ पर्नेमा जनकपुरका विभिन्न अस्पताल तथा क्लिनिकमा कार्यरत डा। कल्याण विश्वास, सन्तोष यादव, भगवान सहनी र शैलेन्द्रकुमार महतो रहेको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।

एसएलसी र प्लस टुको सर्टिफिकेट नै नक्कली

पक्राउ परेका चिकित्सकको एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट रहेको खुलेको छ । सोही नक्कली सर्टिफिकेटका आधारमा उनीहरूले चीनबाट एमबिबिएस पढेका थिए । चीनमा एमबिबिएस पढ्न प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्दैन । सर्टिफिकेट भए पुग्ने भएकाले उनीहरूले नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस पढेका थिए ।

अरू चिकित्सकलाई पैसा दिएर परीक्षा

एमबिबिएस पढेकै आधारमा नेपालमा काम गर्न पाइँदैन । नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा पनि उत्तीर्ण गर्नुपर्छ । पक्राउ परेकाहरूले अरू चिकित्सकलाई पैसा दिई आफ्नो परीक्षा दिन लगाएर लाइसेन्स निकालेका थिए । सोही लाइसेन्सका आधारमा उनीहरूले अस्पतालमा काम गर्दै आएका थिए ।

अझै धेरै चिकित्सक नक्कली रहेको आशंका

पक्राउ परेका चिकित्सकको बयानको आधारलाई लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस पढी तराईलगायतका विभिन्न अस्पतालमा धेरै संख्यामा चिकित्सक कार्यरत रहेको प्रहरी आशंका छ। 

  • आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *