बर्षेनी पाँच हजार नेपाली महिलालाई स्तन क्यान्सर

brest cancerनेपाली हेल्थ/काठमाडौँ – नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनले प्रत्येक वर्ष देशमा करिब पाँच हजार महिलालाई स्तनसम्बन्धी क्यान्सर हुने गरेको बताएको छ ।

ग्रामीण भेगका महिलामा सो रोग लागेपछि परिबारका आफन्तले लुकाउने गर्नाले विरामीको संख्या शहरमा भन्दा बढी भएको समेत बताइएको छ ।

विश्व क्यान्सर दिवसका अवसरमा विहीबार आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. सुजिता हीराचनले नेपालमा ४० वर्षभन्दामुनिका अधिकांश महिलालाई हुने स्तन रोग पाइएको बताइन ।

त्रिवि शिक्षण अस्पतालले गरेको अनुसन्धानअनुसार ५० वर्ष नाघेका महिलालाई सो रोग दुई तिहाइ पाइएको र ४० वर्षभन्दा तलका महिलालाई एक तिहाइको अनुपातमा पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वमा पाँच लाख २२ हजार महिलाको स्तन क्यान्सरको रोगबाट मृत्यु हुने गरेको छ । प्रत्येक वर्ष १५ लाख महिला नयाँ बिरामीका रुपमा देखा पर्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *