अब टेकु अस्पतालमा पनि ‘६४ स्लाइस’ को सिटिस्क्यान मेसिन

Teku hospital

नेपाली हेल्थ / काठमाडौँ – टेकुमा रहेको देशकै दोस्रो पुरानो सरकारी अस्पताल शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अब सिटिस्क्यान सेवा समेत उपलव्ध गराउने भएको छ ।

‘६४ स्लाइस सिसि’को सिटि मेसिन आगामी १ बैशाख देखी सञ्चालनमा ल्याउने अस्पतालको योजना छ । सो कार्यका लागि अस्पतालले मेसिन राख्ने पूर्वाधार बनाउन सुरु गरेको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले सेभ द चिल्ड्रेन मार्फत ग्लोबल फण्डले मेसिन उपलव्ध गराएको बताए । उनले मेसिन आउदै गरेको र मेसिन राख्नका लागि स्पेश बनाउने काम भइरहेको जनाए । उनले १ बैशाख देखी सिटिस्क्यान सेवा सुरु हुने बताए ।

64slice

अत्याधुनिक मेसिन तथा उपकरण तथा जनशक्तिको अभावमा शहरको केन्द्रमै भएर पनि ओझेलमा परेको सो अस्पतालले विस्तारै समयानुकुल आफूलाई अपडेट गर्न थालेको छ ।

आगामी १ बैशाख देखी सिटिस्क्यान सेवासंगै ४ बेडको आइसियु सेवा समेत सञ्चालन गर्ने अस्पतालको योजना रहेको छ । ‘हामीसंग पहिले नै ल्याएर सञ्चालन नभएका केही मोनिटरहरु छन, केही किन्नुपर्नेछ । भएकालाई फिट गरि अपुग भएका मेसिनहरु सहयोग माग्ने तथा किन्ने प्रक्रियामा लागेका छौँ,’ निर्देशक डा सेन्चुरीले भने ।

अस्पतालमा अल्ट्रासाउन्ड, एक्सरे, इसिजी लगायतका सेवाहरु अहिले पनि उपलव्ध छ । सर्वसाधारणलाई सुलभ तर गुणस्तरीय सेवा उपलव्ध गराउन अस्पतालले अत्याधुनिक उपकरणहरुको व्यवस्था गर्न लागेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *