टेकु अस्पतालमा सुरु भयो बयस्कका लागि १५ किसिमका स:शुल्क खोपसेवा (मूल्यसूची सहित)

Teku hospital

नेपाली हेल्थ / काठमाडौँ – टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बयस्कहरुका लागि १५ किसिमका खोप सञ्चालन सुरु गरु गरेको छ । अस्पतालले सुरु गरेको यो खोप निशुल्क रुपमा दिइदै आएको नियमित खोप बाहेकको खोप हो र लगाए वापत पैसा तिर्नुपर्छ ।

अस्पतालले नवनिर्मित भवनमा ‘एडोलेसेन्ट भ्याक्सिनेशन युनिट’ खडा गरी सशुल्क खोप सेवा उपलव्ध गराउन थालेको हो । सरकारी अस्पतालमा बयस्कहरुका लागि यस्तो सेवा नभएको समेत अस्पतालले दावि गरेको छ । सो युनिटमा २० रुपैयाँ प्रति डोजको टीटी खोप देखी २ हजार ७ सय प्रतिडोज पर्ने यलो फिभरको खोप उपलव्ध छ ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बयस्कहरुका लागि पनि विभिन्न खोपहरुको माग बढेको कारण खोप सेवा सुरु गरेको बताए । उनले इआरआइजी टीटी र एआरभी खोप सुरु भएको भन्दै बाँकी खोपहरु निकट भविस्यमै सुरु गर्ने बताए । ‘हामी मगाउदै छौँ खोपहरु आउने क्रममा छ । नेपाली हेल्थसंग सेन्चुरीले भने केही दिनपछि बाँकी खोपहरु पनि लगाउछौँ ।’

khop1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *