सिविरमा पत्ता लाग्यो गम्भीर मुटुरोगको समस्या ! ९६ जनाको सल्यक्रिया गर्नुपर्ने,५६ जनामा बाथमुटुरोग

dr anil

नेपाली हेल्थ / गोर्खा – जिल्ला अस्पतालमा सञ्चालित दुई दिने मुटु स्वास्थ्य सिविरमा मुटुको परीक्षण गर्न आएकामध्ये ९६ जनाको सल्यक्रिया गर्नुपर्ने देखिएको छ । त्यसमध्ये ५० जनाको तत्काल गर्नुपर्ने र बाँकीको केही समय पछि गर्दा पनि हुने देखिएको छ । सिविरमा आएका मध्ये ५६ जनामा बाथमुटुरोगको समस्या पाइएको छ । स्वास्थ्यसिविरमा यति धेरै मात्रामा गम्भीर स्वास्थ्य समस्या भेटिएको पहिलोपटक हो ।

काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, सेभ द हार्ट, रोटरी क्लव गोर्खा र जिल्ला अस्पताल गोर्खाको सयुक्त आयोजना गत शनिबार र आइतबार भएको मुटु स्वास्थ्य सिविरमा १ हजार ४६५ जना परीक्षणका लागि पुगेका थिए । उनीहरुमध्ये अधिकांश मुटुको परीक्षण पहिलो पटक गराउदै थिए ।

sibir

‘परीक्षणका क्रममा ९६ जनाको मुटुमा गम्भीर समस्या भएको र सल्यक्रिया गर्नै पर्ने अवस्था रहेको भेटायौँ’ सिविरको अगुवाई गरेका मनमोहन कार्डियोथोरासिसका मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले भने । उनले ती मध्ये ५० जनाको तत्कालनै सल्यक्रिया गर्नुपर्ने बताए ।

डा. भट्टराईले गम्भीर स्वास्थ्य समस्या देखिएका मध्ये सबैभन्दा बढी बाथमुटुरोग भेटिएको उनले बताए । १५ बर्ष मुनिका बालबालिकालाई टन्सिल विग्रेर हुँने यो समस्या ५६ जनामा भेटिएको बताए ।

sibir 1

बाथमुटुरोगले मुटुको भल्भमा असर पार्छ । सिविरमा परीक्षणका लागि आएका मध्ये १२ जनामा जन्मजात मुटुको समस्या भएको, १६ प्रतिशतमा उच्चरक्तचापको समस्या भएको , मुुटुको चालमा गडबढी भएको लगायतका समस्या देखिएको बताए ।

डा. भट्टराईले सिविरमा आएका मध्ये २६५ जनामा इको र ३२२ जनामा इसिजि गरिएको जानकारी दिए ।सिविरमा १० जना चिकित्सक, ७ जना नर्स तथा ७ जना प्राविधिकको टोली थियो । सो टोलीले भूकम्प पिडीतका लागि एक सय थान कम्वल वितरण समेत गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *