त्रिविको नर्सिङमा मनपरी : बाहिरका लागि नियुक्ति लिए तर हाजिर महाराजगञ्जमा !

नेपाली हेल्थ / काठमाडौँ –  त्रिभुवन विश्वविद्यालले आफ्ना पाँचवटा आंगिक नर्सिङ क्याम्पसका लागि छनौट गरेका उपप्राध्यापक तथा प्रशिक्षकहरुलाई जिल्ला पठाउन नसकेपछि दोहोरयाएर विज्ञापन गरेको छ । पोखरा, विरगञ्ज, नेपालगञ्ज तथा विराटनगरका लागि भन्दै आवेदन दिएर सफल भएका नौ जना उपप्राध्यापक तथा प्रशिक्षकहरु महाराजगञ्ज क्याम्पसमा हाजिर भएका छन् ।nursing

स्वस्थ छु भन्दै निरोगिताको प्रमाणपत्र पेश गरेर विज्ञापनमा लड्ेका उनीहरुले छनौट भएर नियुक्ति लिने बेलामा आफूहरु मुटुरोगी, दमका रोगी, नियमित डाक्टरको फलोअपमा बस्नुपर्ने जस्ता काजग बनाई बाहिर जान नसक्ने बताएका थिए । कतिपयले आफूहरु सुत्केरी र गर्भवती भएको भन्दै जिल्ला जान नसक्ने निवेदन पेश गरेका थिए । सोही निवेदनको आधारमा त्रिवि कर्मचारी प्रशासनले सबैलाई नर्सिङ क्याम्पस महाराजगञ्जमा हाजिर हुने व्यवस्था मिलाएको छ ।

त्यसो त महाराजगञ्जमा सोही विज्ञापनबाट छनौट भएका ४ जना छदै थिए । बाहिरका लागि भनेर गरिएको विज्ञापनमा छनौट भएका अन्य ९ जना समेत आएपछि व्यवस्थापन गर्न गाह्रो भएको नर्सिङ क्याम्पस महाराजगञ्जले जनाएको छ । ‘हामीकहाँ रिक्त चारवटा पद थियो । अहिले थप नौ जना पनि यहि आउनु भएको छ । उताबाट चिठी लिएर आएपछि हाजिर त गराउनै परयो’ क्याम्पस प्रमुख नीरा पाण्डे बताउछिन् ।

आइओएमकी सहायक डीन डा सरला जोशी बाहिरका क्याम्पसमा कोही नगएपछि दोहोरयाएर विज्ञापन गर्नुपरेको बताउछिन् । त्रिवि सेवा आयोगले गत शुक्रबार नेपालगञ्ज, पोखरा, बीरगञ्जका लागि सोही पदमा केही थप थरी विज्ञापन गरेको छ ।  सहायक डिन जोशीले खटाउने काम त्रिवि कर्मचारी प्रशासनको भएको भन्दै आफूहरुको गल्ती नभएको दावी गरिन । डा जोसीले नगएका सबैले विभिन्न बहाना बनाएको बताइन । उनी भन्छिन, ‘कोही के औषधि खाएको छ भन्छ, कोही गर्भवती छु भन्छ, कोही सुत्केरी छु भन्छ , अव हामी के गर्ने ?’

तर स्रोत भन्छ मिलोमतो र सोर्सफोर्सको आधारमा काठमाडौँमा आफ्ना मान्छे थुपारेपछि अहिले जोगिनका लागि पदाधिकारीहरुले हतार हतार पुन विज्ञापन गरेको हो । जान्छु भनेर नजाने उप प्राध्यापक तथा प्रशिक्षकलाई सेवाबाटै हटाई बैकल्पिकलाई स्थान दिनुपर्नेमा अटेरी गर्नेहरुलाई नै भनेजस्तो व्यवस्था मिलाइएको छ । स्रोत भन्छ ,’दण्ड दिनुपर्नेलाई पुरस्कृत गरिएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *