फोहोर बेचेर अस्पतालको आम्दानी मासिक ५० हजार !

prasutigriha

पत्रिका /काठमाडौँ – देशभरका अस्पतालमा फोहर व्यवस्थापनमा समस्या बनिरहेका बेला देशकै ठूलो परोपकार प्रसुति अस्पताल थापाथलीले फोहरबाट अतिरिक्त आम्दानी गर्न थालेको छ ।

तीन महिना अघिसम्म अस्पतालबाट निस्किएको फोहरलाई थन्को लाउन अस्पतालले मासिक ५० हजार रुपैयाँ खर्च गर्दै आएको थियो । तर कात्तिक महिना पछि भने प्रत्येक महिना ५० हजार बढी रुपैयाँ आम्दानी गर्न थालेको छ ।

तीन महिनाको अवधीमा अस्पतालको खातामा फोहरबाट एक लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए । अहिले अस्पताल क्षेत्रमा थुप्रेको फोहरको समस्या हटेको र अस्पताल सफा हुन थालेको उनले बताए ।

यसअघि अस्पतालबाट निस्कने पोहरलाई अस्पताल आफैले जम्मा गरी बर्गीकरण गर्ने गरेको थियो । बर्गीकरण गरिएको मध्ये गल्ने फोहरलाई पैसा तिरेर महानगरपालिकाको डम्पिङ साइडमा पठाउने गरेको थियो । तर अहिले सबै फोहर निजी क्षेत्रले किनेर लाने गरेको छ ।

बायोग्यास निकाल्ने तयारी

फोहर व्यवस्थापनसंंगै अस्पतालले सालनाल र फालिने खानालाई व्यवस्थित गरी बायोग्यास निकाल्ने तयारी गरेको छ ।बायोग्यासका लागि अस्पताल व्यवस्थापनले यसबर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

– आजको नयाँ पत्रिका दैनिकमा भिषा काफ्लेले लेखेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *