जोडियो दुई टुक्रा भएको हात

hat-660x318 (1)

झापा – मेसिनरी औजारले काटेर दुई टुक्रा भएको हात बिर्तामोडको वी एन्ड सी अस्पतालका चिकित्सक जोड्न सफल भएका छन् । बुधबारे–१ का हर्कबहादुर सुब्बाको हात मेसिनले काटेर दुई टुक्रा भएको थियो ।

काठ मिलका मजदुर ५० वर्षीय सुब्बा २७ पुसमा देब्रे हात काटिएपछि बी एन्ड सी अस्पतालमा भर्ना भएका थिए । बिहान साढे ११ बजे अस्पताल भर्ना भएका सुब्बाको सात घन्टा लामो प्रयासमा शल्यक्रिया सफल भएको हो ।

अस्पतालका अर्थाेपेडिक सर्जन डा. निराजन पराजुली नेतृत्वको चिकित्सकीय टोलीले सुब्बाको शल्यक्रिया गरेको थियो । ‘छालाको सानो भाग मात्रै काटिन बाँकी रहेको अवस्थामा उनी भर्ना भएका थिए,’ डा. पराजुलीले भने, ‘आधुनिक प्रविधि, उपकरण र लामो शल्यक्रियाको प्रयासले उनको हात जोड्न सफल भयौँ ।’

आधुनिक किसिमको माइक्रोस्कोपको सहायताले काटिएका सबै नसालाई जोड्न चिकित्सक सफल भएका छन् । माइक्रोस्कोप अस्पतालले एक साताअघि तीन करोडमा खरिद गरी ल्याएको थियो । चिकित्सकका अनुसार राजधानीबाहिर बी एन्ड सीमा पहिलोपटक यस्तो जटिल प्रकृतिको शल्यक्रिया सम्भव भएको हो । हाल सुब्बाको स्वास्थ्य अवस्था सामान्य छ ।

‘शल्यक्रियापछि नसामा रगत प्रवाहको अवस्था राम्रो देखिएकाले हामी निकै आशावादी भएका छौँ,’ हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश शर्माले भने ।

  • आजको नयाँ पत्रिका दैनिकमा सुब्रत न्यौपानेले लेखेको समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *