२४ बर्षीया महिलाको डिम्बासयमा आठ किलोको ट्युमर !

नेपाली हेल्थ /ललितपुर – ललितपुरस्थित अल्का अस्पतालका चिकित्सकको टोलीले आइतबार एक महिलाको डिम्वासयबाट ८ किलोग्राम तौलको ट्युमर निकालेका छन् । चिकित्सकको टोलीले तनँहू मेर्लुङ–३ की २४ बर्षीया बिनु खड्काको दाँयातर्फको डिम्बासयमा फैलदै गएको ८ दशमलव १ किलोग्रामको ट्युमर सल्यक्रिया गरि निकालेका हुन् ।ot photo

अस्पतालका बरिष्ठ स्त्री तथा प्रशुति रोग बिशेषज्ञ डा.नुतन शर्माको नेतृत्वमा बरिष्ठ सर्जन डा. संजय पौडेल र डा. प्रिती बज्राचार्य सहितको टोलीले करीब दुई घण्टा लगाएर खड्काको सल्यक्रिया गरेको थियो । डिम्वासयमा फैलिदै गरेको सो ट्युमर अल्काको इतिहासमै सबैभन्दा ठूलो रहेको रहेको अस्पताल प्रशासनले दावी गरेको छ ।

चार बर्ष देखीको पेट दुख्ने र वाकवाकी हुने समस्याबाट ग्रसित खड्का गतसाता उपचारका लागि अल्का पुगेकी थिइन । खड्काको केस हेरेकी स्त्रीरोग विशेषज्ञ डा. शर्माले ट्युमरको आशंका गरी थप परीक्षण गर्दा डिम्वासयमा ट्युमर भएको पत्ता लागेको हो ।

सोमबार नेपाली हेल्थसंग कुरा गर्दै डा शर्माले डिम्वासयमा यति ठूलो ट्युमर भएको आफूले विगतमा नदेखेको बताइन । ‘डिम्वासयमा यति ठूलो ट्युमर हुँदा सम्म ती महिला सकुशल रहनु पनि अचम्मको विषय हो । हामीले पनि तत्काल रोगको पहिचान गरी सफलतापूर्वक सल्यक्रिया गर्यौँ ‘ डा शर्माले बताइन । उनले गाउमा रहेकी विरामीलाई केही थाह नभएको र चार बर्ष देखी पिडा सहेर बसेको बताइन ।

डा. शर्माले स्त्री रोगको समस्या लिएर भर्ना हुने महिलाहरुमध्ये करिब ३ प्रतिशतमा डिम्बाशयको ट्युमर हुन सक्ने र डिम्वासयमा ट्युमर पलाउदा पनि ग्याट्रिक भएजस्तै माथिल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, खान मन नलाग्ने, छिट्टै पेट भरिएको महसुस हुने लगायतका लक्षणहरु देखिने बताइन ।

अस्पतालका अध्यक्ष कुमार थापाले अल्काले इतिहासमै डिम्वासयमा रहेको सबैभन्दा ठूलो ट्युमर निकालेको जानकारी दिदै विरामी केही दिनमै डिस्चार्ज हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *