क्यान्सरबारे जनचेतना फैलाउन हेल्पलाइन सुरु

/fi6«klt ljBfb]jL e08f/Ln] z'qmaf/ eQmk'/sf] af]8]df cfof]lht g]kfn ca'{b /f]u lgjf/0f ;+:yfsf] @%cfF} s]Gb|Lo ;efsf] pb3f6g ub}{ . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

पत्रिका – क्यान्सर रोगको प्रतिरोधात्मक कार्यक्रमसँगै उपचारका क्षेत्रमा कार्य गर्दै आएको नेपाल अर्बुदरोग निवारण संस्थाले शुक्रबारदेखि क्यान्सर हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्थाको २५ औं केन्द्रीय सभाका अवसरमा शुक्रबार उक्त हेल्पलाइन शुभारम्भ गरिन्।०१-५२०२६६६ नम्बरको उक्त क्यान्सर हेल्पलाइनमा फोन गरी क्यान्सरसम्बन्धी जानकारी लिन सकिने संस्थाले जनाएको छ।

राष्ट्रपति भण्डारीले शुक्रबारदेखि सञ्चालनमा आएको क्यान्सर हेल्पलाइनले क्यान्सर रोग के हो, यसका कारक तत्व केके हुन् र क्यान्सरबारे जनचेतना फैलाउन कोसेढुंगा साबित हुने बताइन्।उनले सर्वसाधारणको फेरिँदो जीवनशैलीले क्यान्सर रोगीको संख्या दिनानुदिन वृद्धि भएकाले यसको नियन्त्रण गर्न सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा जोड दिनुपर्ने सुझाइन्।

कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री मोहम्मदअफताप आलमले पैसामुखी चिकित्सकका कारण नेपालको स्वास्थ्य क्षेत्र बदनाम भएकाले यस्ता चिकित्सकलाई निरुत्साहित गर्न सरकार लागिपरेको बताए।त्यस्तै भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठले राजनीतिक दलका नेताका नाउँमा खोलिने अस्पताल तथा मेडिकल कलेजले स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गरिरहेको बताए।

अस्पताल र मेडिकल कलेजलाई सरकारले बढीभन्दा बढी आर्थिक सहयोग गर्दा सरकारी अस्पताल धराशायी हुन पुगेको उनको भनाइ थियो।कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताललाई क्यान्सर उपचार गर्न आवश्यक कोबाल्ट ६० रेडियोथरापी मेसिनको कागजात हस्तान्तरण गरिएको थियो।

रोटरी क्लब अफ बागमतीको संयोजनमा अस्पताललाई ती मेसिन उपलब्ध गराइने भएको हो।त्यस्तै भक्तपुर क्यान्सर अस्पतालमा निर्माणाधीन स्मृति भवनका लागि करिब १७ लाख रुपैयाँ कार्यक्रममा उपस्थित व्यक्तिले सहयोग गरेका थिए।

भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री श्रेष्ठ र भक्तपुर क्षेत्र नं २ का सांसद रामेश्वरप्रसाद ढुंगेलले आफ्नो सांसद क्षेत्र विकास कोषबाट पाँचपाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले क्यान्सरबारे सर्वसाधारणमा धेरै भ्रम रहेको र उपचारमा आउँदा अन्तिम अवस्थामा पुगिसक्ने भएकाले बिरामीलाई समयमै क्यान्सर रोगको पहिचान गराई उपचारमा ल्याउन संस्थाले क्यान्सर हेल्पलाइन सञ्चालनमा ल्याएको बताए।

–  आजको अन्नपूर्ण पोष्ट दैनिकमा भक्तपुरबाट ईश्वरकाजी खाइजुले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *