दुई साता भित्र सम्झौता कार्यान्वनय गर्न डा.केसीको ‘अल्टिमेटम’

dr-govinda-kcनेपाली हेल्थ/ काठमाडौँ  एक साताको समय सीमा सकिएकै दिन त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले विगतका सम्झौता कार्यान्वनय गर्न सरकारलाई थप दुई साता समय दिएका छन् । विगतका सम्झौता कार्यान्वनय नभएको र सरकारले सम्झौता विपरीतका गतिविधी गर्न लागेको भन्दै केसीले गत १५ पुसमा एक साताको समय दिएका थिए । सो को समयसीमा आज( बुधबार ) सकिदै थियो ।

केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता कार्यान्वनय गर्ने विषयमा केही समय माग गरेकोले आफूले दुई साता समय थप गरेको बताए । नेपाली हेल्थसंग कुरा गर्दै उनले यस अवधीमा विगतका सम्झौता कार्यान्वनय नभएमा पुन आमरण अनसन बस्ने चेतावनी दिए ।

‘तीन करोड नेपालीको स्वास्थ्यको कुरा छ । यसमा कुनै कम्प्रमाइज हुनेछैन माग पुरा नभए दुई साता पछि अनसन सुरु हुन्छ ‘ डा. केसीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *