महाराजगञ्ज क्याम्पसको एमबीबीएस शुल्क : स्वदेशीलाई साढे ३४, विदेशीलाई ६९ लाख

maharajgung

नेपाली हेल्थ /काठमाडौँ –चिकित्सा शिक्षामा सधै जसो विवादको विषय हुन्छ विद्यार्थीले तिर्नुपर्ने अध्ययन शुल्क । अझ यसपटक सरकारले गठन गरेको प्राध्यापक केदारभक्त माथेमा संयोजक रहेको कार्यदलले चिकित्सा शिक्षाका लागि शुल्क सिमा तोकेपछि झनै विवाद बढ्यो ।

खासगरी निजी मेडिकल कलेजहरुले सुझाव अनुसारको शुल्कमा अध्ययन गराउन नसक्ने भन्दै आन्दोलनमै उत्रिए तर सरकारले माथेमा कार्यदलको सुझाव कार्यान्वनय गरेर छाडने अडानमा रहयो । जसको फलस्वरुप कतिपय सरकारी मेडिकल कलेजहरुले सोही सुझाव अनुसार शुल्क निर्धारण गरेको समेत पाइएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगञ्ज क्याम्पसले तोकिएको सुझाव कार्यान्वनय गर्न खोजेको देखिएको छ ।

महाराजगञ्जले शैक्षिक सत्र २०७२/७३ का लागि चार किसिमको शुल्क निर्धारण गरेको छ । जस अनुसार एमविविएसका लागि अनुदान प्राप्त नेपाली विद्यार्थीलाई २ लाख ९० हजार ८१५ रुपैयाँ, पेइङ तर्फ नेपाली विद्यार्थीका लागि ३४ लाख ६६ हजार ८७५ रुपैयाँ तोकेको छ । त्यस्तै नेपाल बाहेक सार्क राष्ट्रका विद्यार्थीको कोटामा पेइङ तर्फ ५७ हजार ७८५ डलर ( करीब ५८ लाख रुपैयाँ) र सार्क राष्ट्र भन्दा बाहिरका विद्यार्थीका लागि पेइङ सिटका लागि ६९ हजार ३४० डलर ( करीब साढे ६९ लाख रुपैयाँ) तोकेको छ ।

महाराजगञ्ज मेडिकल कलेजको शुल्क यसप्रकार छ :

Untitled111

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *